साउन १०, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका-२ नुवागाउँ रामपुरका खिम बहादुर विकका २ बर्षका छोरा टोप बहादुर विकको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ।
बिहानको साढे ९ बजेको समयमा आमा निशानी विकले घरमा खाना पकाउदै गरेको समयमा छोरा टोप बहादुर विक घरदेखी ६० मिटर टाढा खेल्ने क्रममा सिचाई पोखरीमा डुबेर घाइते भएका थिए । घाइते बालकको स्वास्थ्य चौकी होलेरी रोल्पामा उपचारको क्रममा विहान साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस