नेपाल मगर संघ साखा युएईले मनायो अरुण स्मृति दिवस


दुबई युएई,

वियोगान्त गितका बादशाह, आधुनिक सुगम संगीतका अमुल्य नक्षत्र सदाबहार गायक अरुण थापा मगरको २४औं अरुण स्मृति दिवसको अबसरमा बिगतका बर्षमा जस्तै नेपाल मगर संघ शाखा युएई अबुधाबी क्षेत्रिय समितिले”अरुण स्मृति साझँ २०८०” युएईको मुटु बरदुबई स्थित क्लब एभरेष्टमा गत आइतबार विशेष सास्कृतिक कार्यक्रम भब्य अनि सभ्य रुपमा सुसम्पन्न गर्यो । उक्त कार्यक्रमलाई भब्य रुपमा मनाउनका लागि नेपाल देखि अतिथि बालकलाकार मितिनी ग्रुपका समिक्षा सारु मगर साथै नोभी गुरुङ्ग लाई आमन्त्रित गरिएको थियो ।

कार्यक्रमको सभापतित्व नेपाल मगर संघ शाखा युएई अबुधाबी क्षेत्रिय समितिका अध्यक्ष जय सारु मगर ले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाल मगर संघ शाखा युएईका अध्यक्ष मनु गाहा मगर विशेष अतिथिमा नेमस शाखा युएईका प्रमुख संरक्षक टंक थापा मगर उप संरक्षक डोल राना मगर प्रमुख सल्लाहकार शिला राना मगर साथै सल्लाहकार ज्युहरु अग्रज ज्युहरु साथै केन्द्रिय/क्षेत्रिय पदाधिकारी ज्युहरु साथै बाक्लो मात्रामा युएई बाशिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संयोजक नेमस शाखा युएई अबुधाबी क्षेत्रिय समितिका कोषाध्यक्ष सिर्जना राना मगर`नेन्सी´ले गर्नु भएको थियो भने सास्कृतिक संयोजकमा Hom Rajali Magar औपचारिक कार्यक्रमको संचालन अबुधाबी क्षेत्रिय समितिका सहसचिव Kabita Rana मगरले गर्नु भएको थियो भने सास्कृतिक कार्यक्रमको संचालन Rajali Maya अनि बिष्णु राना मगरले गर्नु भएको थियो।कार्यक्रममा नेमस शाखा युएईका बरिस्ठ उपाध्यक्ष Nayan GM ले कार्यक्रमको उदेश्य अनि अरुण थापाको जिवनीमा प्रकास पार्नु भएको थियो प्रमुख अतिथी,अतिथी कलाकारहरुलाई नेमस शाखा युएईको पन्चेबाजा टिमले पन्चेबाजा बजाएर भब्य रुपमा स्वागत गरेको थियो।अतिथी कलाकार मितिनी ग्रुपको बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रममा लाङ्गघाली संगीत सन्सार युएई&मगर बर्दश ग्रुप युएईले संयुक्त रुपमा अरुण थापा मगर प्रती समर्पित उहाका गितहरु प्रस्तुत गरेका थिए साथै लाङ्गघाली संगीत सन्सार युएईले लाईभ सालैजो,कौडा साथै “MERO VOICE UNIVERSE” प्रतियोगिताका फाइन्लिस्त सदन राना मगरको गायन,कुमारी गुरुङ्ग,हिरा थापा मगर,डिके किरातिको गायन प्रस्तुति प्रस्तुत गर्दा उपस्थित दर्शकहरु कम्मर भाची भाची नाचेका थिए साथै नेप्लिज डान्स ग्रुपका होम रजाली,आसमान तामाङ्ग,सित्तल थापा मगर अबुधाबी क्षेत्रिय समितिका बबिता पुन मगर सारजाह क्षेत्रिय समितिका दिलु आले मगर& आशिका आले मगर दुबई क्षेत्रिय समितिका दिपा थापा मगरको नृत्यले कार्यक्रममा सुनमा सुगन्ध थपेको थियो ।

उपस्थित दर्शक हरु टिपकल नेपाली खानाको स्वाद लिदै खुशिका साथ सास्कृतिक प्रस्तुतिहरुको भरपुर आन्नद लिएका थिए।उक्त कार्यक्रमको लागि नेपाल देखि आमन्त्रित अतिथि कलाकारहरुको भिषाको ब्यबस्थापन चै नेपाल मगर संघ शाखा युएईका प्रमुख संरक्षक Tanka Thapa Mgr ले गर्नु भएको थियो ।

१० श्रावण २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको