नेता आदर्शलाई मातृशोक, शोकसभामा विप्लव उपस्थित हुने (फोटो फिचर)

'सी' जातिको संस्कार अनुसार ५ दिने कार्य हुने 


चैत्र १२, काठमान्डौ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य चुडामणी वली ‘आदर्श सी’कि आमा टंकी कुमारी वलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिएको छ । ८५ बर्षिय आमा टंकी कुमारी वलीको शनिबार बिहान निधन भएको थियो ।

आज मध्यान्हमा पशुपति आर्यघाटमा अन्त्यष्टि गर्नु अघि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले स्वर्गीय टंकी कुमारी वलीमाथि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए भने अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले समेत श्रदान्जली दिएका थिए ।

 

अन्त्यष्टिमा अन्य उपस्थितहरु स्थायी कमिति सदस्य अनिल सी, शिलु सी, पार्टीको सल्लाहकार सदस्य दिर्घ सी, पोलिटब्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सी, आस्था सी, पोलिटब्युरो सदस्य प्रज्वल सी, सदस्य शितल सी, बन्धु सी, हितमान सी, केन्द्रिय सदस्यहरु भिर्कुटी सी, पाटन सी,राजकुमारी सी, सन्जिव सी, शेरबहादुर सी, निशान सी, विपिन सी, दिनेश सी, विजय सी, खगेश्वर सी, वरिष्ठ अधिबक्ता एकराज भण्डारी, अधिबक्ता कपिलचन्द्र पोख्रेल लगायतका अधिबक्ताहरु, डिसिएसहरु, बाबुकाजी सी, विकास सी, ज्योति सी, देव सी, अनुप सी, राजु सी, रवि सी लगायतका डिसिएसहरु, केन्द्रिय प्रतिनिधि सदस्य विष्णु सी, जहेन्द्र सी, तिलक सी, गोपाल सी, भिम सी, शुशिल र सुरेन्द्र सी लगायत डिसिएमहरु, नेकपाका नेता तथा कार्यकर्ता, शुभचिन्तकहरु र विभिन्न पार्टीका नेता तथा प्रतिनिधिहरु पत्रकार, मानवअधिकारकर्मी लगायत सयौंको उपथिती रहेको थियो ।

पहिलो श्रद्धाञ्जली कार्यक्रम घरमै भएको थियो र अन्तिम श्रद्धाञ्जली कार्यक्रम पशुपति आर्यघाटमा पनि भएको थियो ।

स्वर्गीय टंकी कुमारी वली लामो समयदेखि प्रेसर, सुगरसंगै आन्द्राको क्यान्सरवाट आक्रान्त थिइन् । उनको कान्छो छोरा खकेन्द्र वली जनयुद्धमा कपुरकोटको भिडन्तमा सहिद भएका थिए । माहिलो छोरा लाल बहादुर वली ‘विश्व’ हाल नेकपाको केन्द्रिय प्रतिनिधि सदस्य छन ।

‘सी’ जातिको संस्कार अनुसार ५ दिने कार्य हुने 

आफन्तको मृत्युवरण पछी गरिने परम्परागत शुद्द शान्ति कार्य भन्दा फरक नेकपाको नवौं महाधिवेशनद्वारा पारित नयाँ संस्कृतिको थालनी स्वरूप ‘सी’ जातीहरुको संस्कार अनुसार कार्य गरिने पारिवारिक स्रोतले जनाएको छ । गएको नवौं महाधिवेशनले सी जातिले मृत्युपछि गर्नुपर्ने ५ कार्यहरु तय गरेको थियो, त्यसै अनुरुप पहिलो दिन श्रद्धाञ्जली सभा संगै अन्त्यष्टि, दोस्रो दिन अर्थात सोमबार १३ गते वृक्षारोपण कार्यक्रम रहेको छ, तेस्रो दिन अर्थात मंगलबार १४ गते अक्षयकोष स्थापना कार्यक्रम रहेको छ, चौथो दिन अर्थात वुधवार १५ गते राहात वितरण कार्यक्रम र पाँचौ दिन अर्थात विहिवार १६ गते ललितपुरको गोदावरी नगरपालिका १०, न्यौपाने गाउँस्थित आफ्नै निवासमा शोक सभा कार्यक्रम रहेको छ ।

नेकपाले सी जातिको संस्कारलाई सामाजिक कार्यमा समर्पित गर्ने उदेश्यले ५ दिनको कार्यक्रम लागु गर्ने भएको हो ।

शोक सभा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब सी’ उपस्थित हुने भएका छन ।

को को छन् परिवारमा ?

५ भाई छोराहरु मध्ये कान्छा छोरा खकेन्द्र वली ‘शिब’ जनयुद्दमा सहिद भएका थिए । जेठो छोरा चुडामणी वली ‘आदर्श’ जनयुद्द्कै नेता हुन भने हाल नेकपा पोलिटब्युरो सदस्य तथा पूर्वी गण्डक ब्युरो इन्चार्ज रहेका छन । माइलो छोरा लाल बहादुर वली ‘बिश्व’ जनयुद्दकै नेता हुन, हाल नेकपा केन्द्रिय प्रतिनिधि सदस्य हुन । साईला अमर बहादुर वली ‘अमृत’ जनयुद्दमै सहभागी थिए भने हालपनि पार्टी आन्दोलनमै छन । काईलो छोरा गंगाराम वली व्यवसायी हुन ।

त्यसैगरि छोरीहरु कली वली डांगी, कौशिला वली भण्डारी, भुमी देवी वली चन्द छन् भने बुहारीहरु प्रान्ता केसी वली, निर्मला कुमारी वली, सरिता चौधरी वली, रेखा शर्मा वली रहेका छन् । त्यसैगरी छोरीज्वाईहरु क्षेत्र बहादुर चन्द ‘किरण’ टंक बहादुर डांगी, वीर बहादुर भण्डारी रहेका छन् ।

नाति-नतिनाहरु (छोरा तर्फ) अनिल वली, मिना कुमारी वली खड्का, विनोद कुमार वली, सरोज वली, त्रिपूरा वली, सुन्दर वली र छोरीतर्फका नाति-नतिनाहरु गोपाल चन्द, गिता चन्द, दिपा डांगी, रमेश डांगी, हिमेन्द्र भण्डारी, टेक भण्डारी, राम कुमार डांगी रहेका छन् ।

छोरापट्टिका नातिने ज्वाई प्रकाश खड्का, त्यसैगरी छोरीतर्फका नातिने ज्वाई बिष्णु जङ्ग शाही, गणेश वली र छोरी तर्फका नेतिने बुहारीहरु, लेखा केसी, सरिता वली छन् भने छोरातर्फका पनातीनि आरना खड्का, छोरीतर्फका पनाति-पनातिनी शिरज डांगी, एड्रीना चन्द, बसन्त वली रहेका छन् ।

फोटो फिचर

१२ चैत्र २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको