असोज ५, रोल्पा। रोल्पाको गंगादेव गाउँपालिका-२, ओइलाममा बस दुर्घटना भएको छ । उक्त बस आज बिहान दाङ तुलसिपुर देखि गंगादेब गाँउपालिका वडा न. ६ राँक ताप्लाको लागी छुटेको थियो ।
गाडी चालक सहित २० जना यात्रु रहेको रा १ ख ३००६ नम्बरको बस गंगादेव गाँउपालिका-२ ओइलामको भिरघारे भन्ने स्थानमा साढे ३ बजे दुर्घटना भएको हो ।
बसबाट सामानहरु निकालेर रोडमा अडिएको बेला बाटोको तल्लो भाग भासिए पछी गाडी पल्टिएको थियो । गाडी पल्टिएर घरको कुनामा बजारिदा गाडी अझै पल्टिनबाट रोकिएको प्रत्यक्षदर्शीहरुले बताए ! अगाडी क्याबिनमा बसेका यात्रुहरुलाई गम्भीर चोट लागेको बताएको छ ।
दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको र ३ जानको अवस्था सामान्य रहेको रोल्पा प्रहरी प्रमुख डिएसपी श्यमकुमार सारुमगरले बताउनु भएको छ ।
गम्भिर घाईते गंगादेब गाउँपालिका २ ओइलमाकी वर्ष २५ की जेनिसा डाँगी, वडा नम्बर २ हेलमखोलाकी वर्ष ४० की सिता वि.क र गाडी धनी तथा चालक सोही गाउँपालिका वडा नम्बर ३ बडाढुंगाका वर्ष ४४ का मोहोन वलीलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।
प्रतिक्रिया दिनुहोस