रोल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु


साउन ९, रोल्पा । आज (मङलबार) भएको अत्याधिक बर्षाको कारण रोल्पाको गंगादेव गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगादेव गाउँपालिका वडा नम्बर ५ बथानका ५१ बर्षिय फौंद बहादुर बुढाको निधन भएको हो । बिहान करिव ११ बजे आएको खोलाले मृतक बुढालाई करिव ३ किलोमिटर तल बगाएर लिएको थियो ।

साविक पाखापानी गाविसको म्वालेखोला हुँदै बगेर उर्लिदै आएको ढुंग्रीले बाहुन घट्ट भन्ने ठाऊँबाट खोलो तर्ने क्रममा बगाएको अनुमान गरिएको छ । मृतक बुढाको टाउको फुट्नुका साथै खुट्टाहरु समेत भाँचिएको छ, भने शरीरका कपडाहरु पनि च्यातिएर अर्धनग्न अवस्थामा भेटिएका थिए ।

फुलबारी गाउँका महिलाहरुले खोलामा एक्कासि शव देखेपछी लोदचौर बजारमा खबर पुर्याएका थिए । बजारका मान्छेहरु खोलामा पुगेर शव हेर्दा बथानका फौद बहादुर बुढा मृत अबस्थामा भेटिएका थिए ।

मृतकको पोष्टमार्टमका लागि इलाका प्रहरी कार्यलय घर्तीगाउँदेखि प्रहरी टोली आइरहेको र पोष्टमार्टमका लागि भोली जिल्ला अस्पताल लगिने सिम्खोला प्रहरी चौकीका प्रहरी निरक्षक तथा सुचना अधिकारी प्रकाश भुषालले जानकारी दिए ।

बुढामगर पुजारु पनि थिए । उनि गाउँमा देउता उठाएर वा पुजा गरेर खोलाको छेउको सडकबाटो हुँदै करिव ११ बजे घरफर्कदै गरेको श्रीमती मनसरा बुढाले देखेकी थिइन । त्यतिखेर पानीको झरिपनी परिरहेको उनले बताईन । तर श्रीमानलाई यसरि खोलाले बगाउला भन्ने सोचेकी थिइनन् ।

फौद बहादुर बुढा र श्रीमती मनसरा बुढा दुईजना मात्रै घरमा बस्दै आएका थिए । उनीहरुका ३ भाई छोरा छुट्टिएर बसेको र ३ छोरीहरु बिबाह भैसकेको स्थानीय बताउछन् । श्रीमती मनसरा बुढासंग श्रीमानको शवलाई पोष्टमार्टम गर्न पैसा नहुँदा पोष्टमार्टम बिनै दाहसंस्कार गर्नपाउ भन्दै आग्रह गरेको बताइएको छ ।

मनसराको बुढेसकालको सहारा ढुंग्री खोलाले बगाएको छ । अब उनि एकलै भईन, बेसहारा बनिन । बर्षादमा उर्लिएको खोलाको भेलले श्रीमान लुटिदिएको छ ।

९ श्रावण २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको