साउन ९, रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष स्वर्गीय टंक बहादुर पुनको छोराछोरीलाई स्थानीय सरकारको अबधी सम्म पठनपाठनका लागि बार्षिक रु ५० हजार र कृया खर्च रु २५ हजार रुपैया दिने भएको छ ।
उक्त प्रस्ताव रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले २०८० श्रावण ९ गतेको कार्यपालिका बैठकमा स्वर्गीय टंक बहादुर पुनको परिवारलाई के गर्न सकिन्छ भन्ने प्रस्ताव राखेका थिए ।
सो प्रस्ताव पुनले गरेपछी रुन्टिगढी गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८० श्रावण ९ गतेको बैठकले सर्व सहमत पारित गरेको हो । साथै बैठकले स्वर्गीय टंक बहादुर पुनको धर्मपत्नीलाई रोजगारको समेत व्यवस्था गर्ने निर्णय गरेको रुन्टिगढी गाउँपालिका प्रबक्ता चेतलाल खत्रीले जानकारी दिए ।
स्क्रब टाइफसका कारण बिरामी भएका अध्यक्ष पुनको असार २७ गते घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । ३९ वर्षीय पुन नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस