बिजौरी उद्योग वाणिज्य संघमा एमालेको विरासत तोडियो


असार १०,  दाङ । बिजौरी उद्योग वाणिज्य संघको अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका रेश्मीराज खड्का भारी मतले विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि संघको शनिबार भएको निर्वाचनमा खड्काले २ सय ५३ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका लेखनाथ खत्री (पुन्टे) ले १ सय ७३ मत प्राप्त गरेका छन् भने अध्यक्ष पदका अर्का प्रत्यासी रास्वपा निकट उम्मेदवार शिवराज खत्रीले १सय ३३ मत प्राप्त गरेका छन् । खड्काले संयुक्त लोकतान्त्रिक प्यानलको नेतृत्व गरेका थिए । संयुक्त लोकतान्त्रिक प्यानलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलहरु रहेका थिए ।

अर्को प्यानल नेकपा एमालेको रहेको थियो । नेकपा एमालेको नेतृत्व लेखनाथ खत्री (पुन्टे) ले गरेका थिए । त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टी पनि अपुरो प्यानलसहित चुनावी मैदानमा होमिएको थियो । जसको नेतृत्व शिवराज खत्रीले गरेका थिए । यो सँगै विजौरी उद्योग वाणिज्य संघको नेतृत्वमा एमालेको विरासत तोडिएको छ ।

विजौरीमा उद्योग वाणिज्य संघ स्थापना भएसँगै लगातार नेकपा एमाले निकटको नेतृत्व रहँदै आएको थियो । यसपालि पनि रेश्मीराजलाई चुनाव जित्न त्यति सजिलो भने थिएन । भरखरै कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका शिवराज खत्रीले आफूले चुनाव जित्ने भन्दा पनि रेश्मीराजलाई हराउनका लागि उम्मेदवारी दिएको बताइन्छ ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा संयुक्त लोकतान्त्रिक पार्टीका डिल्ली बहादुर खत्री ३सय ६२ मतका साथ विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका गोविन्दबहादुर रोकाले १सय ८३ मत प्राप्त गरेका थिए । उद्योग उपाध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका चित्रबहादुर खड्काले २सय ९५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका शोभाकर डाँगी ‘रमेश’ले २सय ३९ मत ल्याएका छन् ।

यस्तै संघको महासचिवमा संयुक्त लोकतान्त्रिक प्यानलका दिपक कुमार बस्नेत निर्वाचित भएका छन् । उनले ३सय १७ मत ल्याउनुभएको छ भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका दिपेन्द्र बहादुर केसी ‘दिपक’ले २सय २१ मत ल्याएका छन् । यस्तै कोषाध्यक्ष पदका लागि तीन जना प्रतिष्पर्धामा छन् । कोषाध्यक्ष पदका उमेदवार संयुक्त लोकतान्त्रिक प्यानलका कर्ण बहादुर वलीले २सय ७२ मत ल्याएर निर्वाचित भएका छन् भने निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका प्रेमबहादुर बिकले १सय ८६ र रास्वपा निकट उम्मेदवार राम बहादुर डाँगी ‘बादलपारी’ले ९३ मत ल्याएका छन् ।

यस्तै सचिव पदमा लोकतान्त्रिक प्यानलका लाल बहादुर खड्का ‘जीवन’ ले २सय ७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी संयुक्त लोकतान्त्रिक प्यानलका भुप बहादुर वलीले १सय ७८ र रविन्द्र केसीले १सय ५२ मत ल्याएका छन् । सबै पदका लागि भएको निर्वाचनमा ५ सय ७३ मत खसेको थियो । कुल ६सय १८ मतदातामध्ये ४५ जना मतदाता अनुपस्थित भएका छन् । यस्तै महिला सदस्यमा शारदा केसी २ सय ३६निर्वाचित भएकी छिन् ।

यसैगरी उद्योग सदस्यमा सुरेन्द्र बहादुर बुढा २सय ३६ निर्वाचित भएका छन् । यस्तै खुला सदस्यहरुमा अर्जुन कुमार रेग्मी २सय ९४,डंक बहादुर वली २सय ८२, देवराज वली २सय ७५, ज्ञानेन्द्र विष्ट २सय ६२ भिमसेन सुनार २सय ५३ र चुडामनी रावत ‘भरत’ २सय ५०मत ल्याएर निर्वाचित भएका छन् ।

निर्वाचनमा सचिव र तीन खुला सदस्य पदमा नेकपा एमाले निकट लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् भने बाँकी सबै पदमा संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् ।

१० असार २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको