‘सिलु सी’को बुबा कमानसिं आदर्श सी श्रद्धाञ्जली


बैशाख १२, रोल्पा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनवर्गीय संगठनका इञ्चार्ज शिलु सीका बुवा कमानसिं भुजेलको निधनप्रति नेकपा पोलिटब्युरो सदस्य तथा पूर्वी गण्डक ब्युरो इन्चार्ज आदर्श सीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आदर्श सीले शाेक वक्तव्य जारी गर्दै बुवाप्रति पूर्वी गण्डक ब्युरोका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । २०८० वैशााख ७ गते बेलुका ७ :३० बजे ९० बर्षको उमेरमा निधन भएको छ । साथै यस शोकको घडीमा सिलु सीसहित सम्पूर्ण परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गरेका छन् ।

ऐतिहासिक जिल्ला गोर्खाको अजिरकोट गाउँपालिका ३ काफल डांडामा किसान परिवारमा जन्मिनु भएका बुबाले लामो समय देखि कम्युनिस्ट पार्टीको सदस्यमा काम गर्नु भयो । सम्पूर्ण परिवार नै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा संगठित हुनु भयो । उहाँका सात सन्तान मध्य कमरेड सिलु जो हाम्रा पार्टीको स्थायी समिति सदस्य तथा चर्चित गोरखा जेल ब्रेक(जेल तोड्ने)का योजनाकार एवं कमाण्डर हुनुहुन्छ ।

परिवारमा कमरेड सिलु सी लगाएत ५ छोरीहरु कुमारी भुजेल, वेल कुमारी भुजेल, फुलमाया भुजेल, चिनी कुमारी भुजेल, २ छोराहरु गंगा बहादुर भुजेल र बिर्ष बहादुर भुजेल रहेका छन् ।

कमानसिं भुजेलको बैशाख १५ गते शोकसभा हुने भएको छ।

१२ बैशाख २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको