सुदूरपश्चिम केन्द्रबिन्दु बनाएर गयो ५.९ म्याग्नेच्युडको भूकम्प

भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। तस्बिर: नरेन्द्र उपाध्यायको फेसबुकबाट।

माघ १०, काठमाडौं । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ५० मिनेट आसपासमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ । भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

१० माघ २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको