अनिल लामिछाने मगर
संचार-विभाग प्रमुख मगर संघ थेगु शाखा
मगरहरुको राष्ट्रिय महान पर्व माघ्या सकराटी कोरियामा रहेका मगर संघ थेगु शाखाको व्यवस्थापनमा सबै शाखाहरुको संयुक्त आयोजनामा कोरियाको थेगुमा भब्य रुपमा मनाउने भएको छ ।
विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि नेपाल मगर संघ कोरियाको मातहतमा रहेको नेपाल मगर संघ थेगु शाखाको व्यवस्थापनमा मगरहरुको राष्ट्रिय पर्व तथा नयाँ बर्ष माघ्या सकराटी बिबिध सांस्कृतिक कार्यक्रमको साथमा यही 2024 जनवरी १४ तारिक आइतबारको दिन मनाउन लागि रहेको छ ।
यस कार्यक्रमलाई भब्य रुपमा मनाउनको लागि नेपाल देखि आमंत्रित कलाकारको रुपमा चर्चित गायिका शान्ति श्रीस मगर आउने भएको छ।
साथै स्थानीय कलाकारहरु जितन भाई श्रीस मगर,देवेन्द्र काउचा मगर,सोम प्रकाश श्रीस मगर ,नरेश राई लगायतका कलाकारहरूको प्रस्तुति सँगै मौलिक नाचहरु नचरी, सोरठी, कौराहा ,सालेजो ,हुर्राको समेत प्रस्तुति रहने छ।
भरपुर साङ्गितिक कार्यक्रम साथमा मौलिक मगर परिकारको स्वादमा कार्यक्रम भब्य रुपमा मनाउन लागिरहेको मगर संघ थेगु शाखाका महासचिव दुर्गा टियर मगरले बताउनु भएको छ ।
“यो पर्व मनोरञ्जनमा मात्रै सिमित नरहेर आफ्नो जातिय पहिचान कला ,संस्कार संस्कृतिको साथै आपसी सद्भाव स्नेह साथै जहाँ रहे पनि जहाँ भए पनि आफ्नो मौलिकता र पहिचान कला सस्कृतिलाई जगेर्ना गर्नुको लागि पनि यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका रहने मगर संघ थेगु शाखाका संरक्षक तथा कार्यक्रम संयोजक नरेश थापा मगरले बताउनु भएकोछ।
साथै नेपाल मगर संघ थेगु शाखाका अध्यक्ष खडक घर्तिमगरले कोरियामा रहनु भएका सम्पुर्ण नेपाली दिदिबहिनी दाजुभाईहरूमा कार्यक्रममा सहभागी भई यो माघ्या सकराटी पर्वलाई भब्य अनि उल्लासमय बनाउनुको लागि पनि अनुरोध गर्नु भएको छ । साथै यो बर्ष थेगुमा मनाउन लागेकोले ब्यवस्थापनमा कुनै कमजोर हुन नदिने समेत प्रतिबद्धता गर्नु भयो।
साथै उक्त कार्यक्रमबाट प्राप्त रकमको केही प्रतिशत रकम नेपालको भईपरी आइलाग्ने बिपतमा सहयोग प्रदान गरिने कुरा जानकारी गर्नु भएको छ ।
कोरियामा रहेका चार शाखा र केन्द्र गरी पाँचै संस्थाले मगर मौलिक सांस्कृतिक झलकिने झांकी सहित नाचगानका साथ आउने साथै नेपालबाट आउने अतिथि कलाकार गायिका र स्थानीय कलाकारहरूको प्रस्तुतिले दर्शकले सोचे भन्दा बढी मनोरंजन लिनेमा सांस्कृतिक संयोजक जितन भाई श्रीसमगर ढूक्क रहेकोछ।
गत साल माघ्या सकराटी केन्द्रले सौलमा मनाएको थियो। भने यो पटक मगर संघ थेगु शाखाले जिम्मा पाएको र हरेक बर्ष कोरियामा रहेका मगर समुदायले माघ्या सकराती भब्य रुपमा मनाउने गरेको प्रमुख सल्लाहकार कमल थापा मगरले बताउनु भयो।
2023 डिसेम्बर 22
प्रतिक्रिया दिनुहोस