रेडियो सुनछहरी एफएम आजदेखि १३औं बर्षमा प्रवेश

फाइल तस्बिर

असोज ६, होलेरी । रोल्पाको होलेरिमा रहेको रेडियो सुनछहरी एफ.एम १०१.५ मे.ह आजदेखि १३ औं बर्षमा प्रवेश गरेको छ । २०६८ साल आजकै दिन जिल्ला सदरमुकाम बाहिरबाट पहिलोपटक स्थापना भएको यस रेडियोले दैनिक १८ घन्टा आफ्नो प्रसारणसेवा दिइरहेको छ ।

समुदायका लागि चेतनाको पहुँच नामक संस्था स्थापना रहेको यस रेडियो सामुदायिक रेडियोले दुर्गम बस्तिसम्म सवैका लागि सहज सूचनाको पहुँच भन्ने मुल मर्मलाई आत्मसाथ गरि सुरु भएको यस रेडियो छोटो अवधिमै रोल्पा लगायत साबिक राप्ती अञ्चलमा राम्रै उपस्थिति जनाउन सफल रेडियो मानिन्छ ।

द्वन्दले अतिप्रभावित क्षेत्र समेत मानिने रोल्पा तेस्मा पनि जनयुद्धको उदगम स्थल होलेरिमा शान्ति प्रक्रिया लगत्तै स्थापना भएको यस रेडियोले द्वन्दले पारेको प्रभावलाई बिस्तारै शान्तिको बाटोमा लैजाने,बिकासमा पिछडिएको क्षेत्रलाई बिकास्का लागि पहलगर्न आफुलाई केन्द्रीत गर्यो भने आवाजबिहिनहरुको आवाज बन्दै दैनिक जीवनसङ जोडिएका अन्य नयाँ नयाँ विषयहरुमा आम नागरिकलाई साक्षर बनाउन एउटा सञ्चार संस्थाले खेल्नपर्ने भुमिका निर्बाह गर्दै स्थानिय स्तरमा हुने समग्र सबै क्षेत्रमा खवरदारी गर्ने तर्फ हलसम्म पनि डटेर लागेको छ । साथै कृषी, शिक्षा, स्वास्थ्य, उर्जा,पयर्टनलगायत विकासका मुल आधारहरुलाई प्राथमिकता दिदै आएको रेडियोका अध्यक्ष गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए ।

रेडियोले आफ्नो स्थापना दिवसको अवसर पारि बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सरसफाइ,स्वास्थ शिबिर,बहस लगायत रेडियो र श्रोताबीचको सामिप्यतालाइ जोड्न, जमघट गराउन,उत्सबलाइ भब्य बनाउन केन्द्रिय कलाकारलाई समेत बोलाएर भब्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना समेत गर्ने गरेको सुनछहरी एफ.एमले जानकारी दिएको छ । यो बर्षपनि केन्द्रिय कलाकार जानुका तामाङ,कृष क्षेत्री , नायक तथा कलाकार सुदन थापा लगायतका दर्जन कलाकारहरुको साथमा कार्यक्रम सम्पन्न हुन लागेको स्टेसन म्यानेजर बिरेन्द्र घर्तिले जानकारी दिए

६ आश्विन २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको