गुम्चालको थाम लेकमा रहेको पुनर्निर्मित शिव मन्दिर आज उद्धाटन हुँदै


भदौ ६, रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका ६ गुम्चालको थाम लेकमा पुर्ननिर्मित भएको शिव मन्दिर उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको छ ।

आज (बुधबार) बिहान ११ बजे लुङग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाले उद्धाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका प्रवक्ता तथा ६ नं वडा गुम्चालका अध्यक्ष जोखबहादुर बुढाथोकी ‘बिबेक’ले जानकारी दिए ।

विस २०१३ सालमा निर्माण भएको मन्दिर पुनर्निर्माण गरिएको अध्यक्ष बुढाथोकीले बताए । थाम शिव मन्दिरमा भदौ पूर्णिमामाको दिन भव्य मेलाका साथ उक्त मन्दिरमा शिव देवताको पुजापाठ गरिन्छ ।

मन्दिर पुनर्निर्माणको लागि लुङग्री गाउँपालिकाबाट १० लाख ६ नं वडा गुम्चाल वडा कार्यालयबाट ५ लाख स्थानिय जनश्रमदान १४ लाख ८५ हजार बिभिन्न सहयोगीदाताहरुबा६ १८ लाख बाकी मन्दिरको ऋण ९ लाख ६७ हजारको लागतमा मन्दिर पुनर्निर्माण गरिएको वडा अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

६ भाद्र २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको