असोज ५, कपिलबस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव सी’ले नेपालमा अन्तरविरोध नयाँ ढगले उत्पन्न भएको बताएका छन । एमसिसिद्वारा अमेरिकी हस्तक्षेप बढेपछी साम्राज्यवाद संगको अन्तरविरोध मुख्य बनेको बताएका हुन । उनले प्रशिक्षणको क्रममा भने ‘हिजोसम्म दलाल पुजिबादी अन्तरविरोध मुख्य थियो भने आज अमेरिकी साम्राज्यबादसंगको अन्तरविरोध मुख्य बनेको छ ।’
नेपालका कम्युनिस्टहरु सिध्याउन साम्राज्यबादले धार्मिक तथा राजनीतिक हस्तक्षेप बढाएको दावी गरे । अमेरिकाको यस्तो कुटिल चाल जनतालाई बुझाउदै अब साम्राज्यबाद बिरुद्द लड्नु पर्ने बताएका छन् ।
संसदीय ब्यबस्था छोडेर नेपाली विशेषताको समाजबादका लागी कम्युनिस्टहरु बिचको समाजबादी मोर्चा बनेको विप्लवले जनाए । नेपाली विशेषताको समाजबादी व्यवस्थाका लागि कम्युनिस्ट मात्रै नभएर जोसुकै शक्तिसंग पनि मोर्चा हुन सक्नेमा जोड दिएका थिए ।
त्यसैगरी १० बर्षे जनयुद्दलाई अपराधीकरण गराउन केहि शक्ति लागिपरेको बताउदै, माओबादीहरुलाई सिध्याउने प्रपन्च भैरहेको समेत उनले बताए । माओबादलाई जोगाउन अव माओबादी घटकहरु एकहुनु पर्ने पनि बताए ।
स्थायी समिति सदस्य विषम सी र भरत सीद्वारा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र समसामयिक बिषय मन्तव्य राख्ने कार्य भएको थियो ।
ने.क.पा.को केन्द्रिय कार्यलय कपिलवस्तुमा भएको प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’को प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरु नेकपा स्थायी कमिटि सदस्य विषम सी र भरत सीको आतिथ्यता रहेको छ ।
त्यसैगरी पोलिटब्युरो सदस्यहरु विजय सी, असल सी, बन्धु सी, पोलिटब्युरो सदस्य तथा मधेसी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष विनोद सी, केन्द्रिय सल्लाहकार सुन्दर सी र जित बहादुर सी, केन्द्रिय सदस्यहरु सुन्दर सी र शोभा सी अतिथि रहेका छन् ।
कार्यक्रमको सभापति पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी रहेका थिए भने कार्यक्रमलाई राप्ति ब्युरो इन्चार्ज सविन सीले संचालन गरेका थिए । प्रशिक्षणमा उपस्थित पार्टी कार्यकर्ताहरुलाई पोलिटब्युरो सदस्य सन्जीव सीले मन्तव्यद्वारा स्वागत गरेका थिए ।
राप्तिब्युरो, पश्चिम लुम्बिनीब्युरो, पूर्वी लुम्विनी ब्युरोको संयुक्त ब्युरो स्तरीय राजनैतिक तथा बैचातिक प्रशिक्षक कार्यक्रम आज सुक्रबार सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा तिन वटै ब्युरोबाट जिल्ला कमिटी सदस्यहरु र विभागीय समितिका प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा ४ सय १ जना नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको आयोजककले जनाएको छ ।
पश्चिम लुम्बिनी ब्युरो सामना परिवारले कार्यक्रमको बिच-बिचमा जनवादी गित संगीतहरु प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस