पुस ५, दाङ । रुकुम पश्चिममा गएराति भएको ट्रयाक्टर दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ ।
थप नौं जना घाइते भएका छन् ।
दुर्घटनामा परि जिल्लाको आठबिसकोट नगरपालिका – १० नाउलाका ४६ बर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ बर्षीया चुकी शाही, सोही वडाको भईडाँडाका ५२ बर्षीय भर्दर सार्की, आठबिसकोट – ८ सार्कीडाँडाका ४८ बर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ बर्षीया निर्मला सार्कीको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परि थप नौं जना घाइते छन् । आठबिसकोट – ८ का ४१ बर्षीय खड्कबहादुर पुन, आठबिसकोट – १० का ३८ बर्षीय रमेश कार्की, आठबिसकोट – ८ का १४ बर्षीय दलबहादुर पुन, सोही ठाउँका ५६ बर्षीय कुमार घर्ती, ३४ बर्षीया रमा गुरुङ सार्की, ५१ बर्षीय जगबिर सार्की, ३६ बर्षीय जयबहादुर सार्की, ५८ बर्षीय मने सार्की र ४२ बर्षीय मदन पुन रहेका छन् । उनीहरुको नगरअस्पतालमा उपचार भइ रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले जानकारी दिए ।
घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुम डिएसपी नमराज भट्टराइले जानकारी दिए । ट्रलीमा बसेकाहरुलाई ट्रलीले च्यापेको हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको डिएसपी भट्टराइले बताए । अन्य नौं जना भने दुर्घटना हुँदा उछिट्टीएर बाहिर पुगेको डिएसपीले भट्टराइले जानकारी दिए ।
राति सवा १० बजेतिर आठबिसकोट – १० को तिरीकोटको भित्री सडक खण्ड अन्तरगत नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुका लागि अस्थायी टहरा निर्माणका लागि जस्तापाता तथा राहात सामाग्री लगि जान थालेको रा १ त १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्ने क्रममा दुर्घटनामा परेको थियो ।
ट्रयाक्टर झन्डै ३० मिटर तल खसेको थियो । दुर्घटना लगतै फरार रहेका चालक आठबिसकोट – ९ जाल्देनका २१ बर्षीय गोपाल बिकलाई बिहीबार बिहान १ ः ५० बजे नियन्त्रणमा लिइएको प्रहरीले जानकरी दिएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस