दुबई युएई/२१ डिसेम्बर २०२३
मगरहरुको राष्ट्रिय पर्व माघ्या सकराटी युएई मगर संघले भब्य रुपमा मनाउने भएको छ ।
विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि नेपाल मगर संघ शाखा युएईले मगरहरुको राष्ट्रिय पर्व माघ्या सकराटी “बालबालिका भविष्यका कर्णधार, शिक्षामा लगानी समाज रुपान्तरणको मुल आधार” भन्ने मुल नाराका साथ युएईको मुटु बरदुबई स्थित याक एण्ड यति क्लब एभरेष्टमा १४ जनवरी आइतबार २०२४मा मनाउन लागि रहेको छ ।
यस कार्यक्रमलाई भब्य रुपमा मनाउनको लागि नेपाल देखि गायक, संगीतकार, एरेन्जर साथै नेपाल मगर संघ सास्कृतिक केन्द्रका महासचिव डोलराज बारघरे मगर, प्रख्यात थाली नाच नृत्याङ्गाना एलिजिवा पुन मगर, लोक दोहोरि गायिका तारा लामिछाने मगर साथै मगर पन्चेबाजा स्थानीय कलाकारहरु लाङ्गघाली संगीत संसार युएई, नेप्लिज डान्स ग्रुप युएई, मगर ब्रदर्श युएईको भरपुर साङ्गितिक कार्यक्रम साथमा मौलिक मगर परिकारको स्वादमा कार्यक्रम भब्य रुपमा मनाउन लागिरहेको नेमस शाखा युएईका महासचिव होम रजाली मगरले जनाउनु भएको छ ।
“यो पर्व मनोरञ्जनमा मात्रै सिमित नरहेर आफ्नो जातिय पहिचान कला सस्कृती साथै आपसी सद्भाव स्नेह साथै जहाँ रहे पनि जहाँ भए पनि आफ्नो पहिचान कला सस्कृतिलाई जगेर्ना गर्नुको लागि पनि यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका निभाउने छ” कार्यक्रम संयोजक बिष्णु राना मगरले बताउनु भएको ।
साथै नेपाल मगर संघ शाखा युएईका अध्यक्ष नयन घर्तिमगरले युएईमा रहनु भएका सम्पुर्ण युएई बासीहरुलाई कार्यक्रममा सहभागी भई यो माघ्या सकराटी पर्वलाई भब्य अनि उल्लासमय बनाउनु को लागि पनि अनुरोध गर्नु भएको छ।
साथै उक्त कार्यक्रमबाट प्राप्त रकमको केही प्रतिशत रकम नेपालको दुर्गम बिधालयलाई प्रदान गरिने कुरा जानकारी गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस