लप्सीफेदीबाट सुरु भयाे ‘एमसीसी विरुद्ध मार्चपास अभियान’


असोज ४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ सुरू गरेकाे छ ।

एमसीसीकाे सबस्टेशन निर्माणस्थल काठमाडौंकाे लप्सीफेदीबाट अभियानकाे सुरूवात गरिएकाे हाे । काठमाडौंकाे गाैशालाबाट भटभटे र्यालीसहित लप्सीफेदी पुगेकाे नेकपाका नेता, कार्यकर्ता र जनताकाे ठूलाे मासले मार्चपास गरेकाे थियाे ।

मार्चपास गर्दै आएका नेता, कार्यकर्तालाई स्थानीय जनताले भव्य स्वागत गरेका थिए ।जनसाँस्कृतिक महासंघकाे आयाेजनामा भएकाे मार्चपासमा नेकपा स्थायी समिति सदस्य शिलु सी र सुशील सीकाे सहभागिता रहेकाे थियाे । मार्चपास पछि आयाेजना गरिएकाे विराेध सभाकाे अध्यक्षता माइला सीले गरेका थिए भने शिलुले सभाकाे प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।

मार्चपास अभियानकाे उद्घाटन गर्दै शिलुले लप्सीफेदीका जनताले कुनैपनि हालतमा एमसीसी कार्यान्वयन हुन नदिने बताए । जनतासँग पार्टी जाेडिएकाले एमसीसीलाई लप्सीफेदीबाटै विदाई गर्नुपर्ने उनकाे भनाई थियाे ।

‘हाम्राे पार्टी विकास विराेधी पार्टी हाेइन, लप्सीफेदीका जनता पनि विकास विराेधी हाेइनन् ।’, उनले भने, ‘विकासमा नाममा साम्राज्यवादले नेपालकाे सार्वभौमसत्तामाथि हस्ताक्षेप गर्न खाेज्छ भने नेपाललाई सैन्य अखडा बनाउन खाेज्छ भने त्यसकाे हामी प्रतिकार गर्छाैं ।’

कार्यक्रममा सुशील सीले पनि सम्बाेधन गरेका थिए । माइला सीकाे अध्यक्षता रहेकाे कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सामना सांस्कृतिक परिवारका आराेहले संचालन गरेका थिए । कार्यक्रममा नेकपा पाेलिट व्युराे सदस्य तथा उपत्यका व्युराे इन्चार्ज कृति सी, केन्द्रीय सदस्यहरू भृकुटी सी, प्रकाश सी, अर्जुन सी, विपिन सी, जीवन्त सी, अखिल सीकाे उपस्थिति रहेकाे थियाे ।

 

४ आश्विन २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको