रास्वपाका सभापति रबि लामिछाने रोल्पाको होलेरीमा


असोज ४, रोल्पा । रास्वपाका सभापति एवंम प्रतिनिधि सभा सदस्य, पुर्व गृहमन्त्री रबि लामिछाने रोल्पा होलेरी आइपुगेका छन् ।

उनि रोल्पा जिल्लाका विभिन्न ठाउँहरुमा जनता सङ्ग प्रत्यक्ष भेटघाट कार्यक्रम गरि आज रोल्पा होलेरी आइपुगेका हुन् ।

पार्टी सभापति लगाएत रास्वपाका प्रतिनिधिहरु रास्वपा पार्टी संगठन विस्तार गर्न नभई प्रत्यक्ष रोल्पाली जनता संग भेटघाट तथा यहाँका समस्या सुन्न आइपुगेको रास्वपा लुम्बिनी प्रदेश महामन्त्री निलराज अधिकारीले जानकारी दिए ।

अधिकारीले भने- ‘जनयुद्धको उद्धगमथलो रोल्पा आर्थिक र विकाश निर्माणका कुराहरुमा किन पिछाडिएको छ ?, आखिर प्रदेश र संघीयमा रहनु भएका माननीय ज्युहरु प्रत्यक्ष जनता सगं किन जोडिन सक्नु भएको छैन ?, त्यस कारण रास्वपाले प्रत्यक्ष रोल्पाली जनता सङ्ग भेटघाट गरि गुणासो सुन्ने कार्यक्रम तय गरेको हो ।,’

त्यस्तै रास्वपाले रोल्पा मात्र होइन, रोल्पा सहित १९ जिल्लामा जनतासंग प्रत्यक्ष भेटघाट तथा गुणासो सुन्ने कार्यक्रम तय गरेको अधिकारीले बताए ।

अधिकारीका अनुसार भोलि बिहान ठिक ७:०० बजे रास्वपा सभापति एवंम पार्टी प्रतिनिधिहरु होलेरीमा रहेको सहिदस्मारिका हुँदै होलेरी बजारबासीसंग भेटघाट तथा अन्तरक्रिया गरि भोलि नै प्युठान जिल्ला प्रस्थान गर्नेछन ।

४ आश्विन २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको