भदौ ४, दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानको कपुरकोट गाडी दुर्घटनामा परि घाइते भएका बिरामीहरुको अबस्थाबारे बुझ्न अस्पताल पुगेको छ ।
सोमबार बेलुका नेकपाका नेताहरु सल्यानको कपुरकोट गाडी दुर्घटनामा परि घाइते भएका बिरामीहरुको अबस्थाबारे बुझ्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेका हुन् ।
आज सोमबार रुकुम पस्चिमबाट नेपालगंज तर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परि राप्ती प्रादेशिक अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बुझ्न नेकपाका पोलिटब्युरो सदस्य शितल सी, पार्टीका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सी, नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकाश सी, अनेमसंघ क्रान्तिकारी पश्चिम दाङका अध्यक्ष कमला सी, अखिल(क्रान्तिकारी) तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष केबि सी लगाएत पुगेका थिए ।
दुर्घटनामा परेका विरामीहरुको लागि आवस्यक पर्ने पट्टी समेत उपलब्ध गराउन नसकेर अस्पताल निरीह बनेको कुराले निकै पिडावोध भएको नेकपाका नेताहरुले जनाएका छन् । उपचारको यथोचित ब्यबस्था मिलाउन सरोकार वाला निकाएको गम्भीर ध्यानाकर्षण गराउदै उपचार प्रक्रियामा कोहि कसैलाई कुनै समस्या भए हामीलाई पार्टीलाइ सम्पर्क गर्न नेकपाका राप्ती ब्युरो इन्चार्ज सविन सीले सामाजिक संजाल फेसबुक मार्फत आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस