कपुरकोटमा भएको दुर्घटनामा परि २ जनाको मृत्यु, १६ जना घाइते [नामसहित]


भदौ ४, सल्यान । सल्यानकाे कपुरकोट नजिकै सोमबार भएको फोर्स गाडी दुर्घटनामा परि २ जनाको मृत्युु भएको छ ।

रुकुमबाट नेपालगंज जाँदै गरेको लु २ ख ५७३१ नम्बरकाे फोर्स गाडी सोमबार दिउँसो कपुरकाेट नजिकै राप्ती राजमार्गमा दुर्घटनामा परेकाे थियोे । दुर्घटनामा परि सल्यान दार्मा गाउँपालिका २ निवासी ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका ११ निवासी ६० वर्षीय कमारो कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।

त्यस्तै दुर्घटनामा परेर अन्य १६ जना घाइते भएका छन् । सल्यान दार्मा–१ टाकुरा बस्ने ३२ वर्षीय ईन्द्र बहादुर केसी,सल्यान ठानागाँउ बस्ने ५० वर्षीय थिर्मु खत्री,रुकुम पश्चिम सानिभेरी गाउँपालिका ११ काडागाँउ बस्ने २० वर्षीय भुषाल बिक,सल्यान दार्मा गाउँपालिका २ ठानागाँउ बस्ने ५५ वर्षीय टिकाराम के.सी सोही ठाउँका २५ वर्षीय रमेश केसी,रुकुम पश्चिम सानी भेरी गाउँपालिका ११ धनरा बस्ने १८ वर्षीय नबराज वली र २७ वर्षीय सन्तोष वलीरहेका छन् ।

त्यसैगरी सल्यान दार्मा गाँउपालिका १ भदाले खोला बस्ने १७ वर्षीय ललित वली, सोही ठाँउका १८ वर्षीय मान बहादुर केसी, सल्यान सिद्दकुमाख गाँउपालिका २ ढोरचौर बस्ने ३५ वर्षीय टिका बस्नेत, सल्यान दार्मा गाँउपालिका चिनटाकुरा बस्ने ४२ वर्षीय रिता केसी, रुकुम पश्चिम त्रिवेणी ८ पेउगा बस्ने ५२ वर्षीय नौमति खड्का, सल्यान दार्मा गाँउपालिका १ बस्ने ३१ वर्षीय प्रेम प्रकाश चन्द , रुकुम पश्चिम सानीभेरी गाँउपालिका १ बस्ने ५० वर्षीय जय बहादुर वली र रुकुम पश्चिम चौरजहारी नगरपालिका लौरेपानि १४ बस्ने ४२ वर्षीय बिमला राना रहेका छन ।

घाइतेहरुको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । ती मध्य थप दुइ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । गाडी चालक सल्यान दार्मा गाउँपालिका १ बस्ने वर्ष २३ को एक्क बहादुर चन्द (साहु आफै ) सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाडी सडकबाट करिव २ सय मिटर तल खसेकाे प्रहरी चाैकी कपुरकाेटले जनाएकाे छ ।

४ भाद्र २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको