असार ६, रोल्पा । डा.सुदन कुमार ओली रोल्पा जिल्ला हालको परिवर्तन गाउँपालिका–६ साविकको इरिबाङ गा.वि.स वडा नम्बर-४ सेलाजुमा पिता दलबहादुर ओली र माता खिर्मी ओलीका कोखबाट जन्मिएका हुन् ।ओली २ जना दाजु,२ जना दिदी पछिको कान्छो छोरा हुन् ।ओलीका पछी २ जना बहिनी पनि छन् ।
वि.सं.२०४८ साल माघ ५ गते जन्मनु भएका ओलीले बाल्यकाललाई बिताउदै कक्षा १ देखि ५ कक्षा सम्मको अध्ययन त्यहीँ चाबाङको विद्यालयमा पढ्नुभयो।त्यस्तै ६ कक्षा देखि ८ कक्षा सम्म अध्ययन जीवन ज्योति मावि देवल टाँकुरा राँक ताप्लामा पढे । भने ९ र १० कक्षाको अध्ययन बालकल्याण नमूना मा.वि लिबाङमा पढे । लिबाङ आएपछि विभिन्न संघ संस्थाहरुमा काम गर्ने अवसर पनि पाए । एसएलसी पछी लिबाङमै हुँदा म रेडक्रस सोसाइटीको जुनियर सर्कलको जिल्ला प्रिसिडेन पनि भए।
एसएलसी पछी म प्लस टु अध्ययनका लागि काठमाडौ आएर पढे मेरो ब्याचर्लर र मास्टर्स लेभल काठमाडौबाटै गरे । त्यस्तै मास्टर्स पोखरा युनिभर्सिटीबाट पूर्ण छात्रवृतीमा र ब्याचर्लर त्रिभुवन युनिभर्सिटी अन्तर्गतको एसियन कलेज अफ हायर स्टडिजमा हो। त्यसपछि मास्टर्स पढाई पछी केही संघ संस्थाहरुमा पनि काम गरे । एनइए इन्जिनियरिङ कम्पनीमा आयोजनाको वित्तीय विश्लेषकरइकोनोमिक्स रुपमा काम गरियो र झन्डै ४ हजार ५ सय मेगावाट भन्दा बढी हाइड्रोपावर प्रोजेक्टहरु विभिन्न स्टेजको वित्तीय विश्लेषण गरियो।मेरो मास्टर्स सकिएको दुई बर्षपछी २०१७ अगस्टमा सकियो भने २०१९ अगस्टको लागि पिएचडी गर्नका लागि चाइना गभर्मेनको फुल स्कर्लसिपमा वेइजिङ गए र भर्खरै अर्थशास्त्रमा विद्यावारिधि पिएचडी सकाए।
उनले केही दिन अगाडि मात्र चीनको वेइजिङ स्थित युनिभर्सिटी अफ इन्टरनेशनल विजनेस एण्ड इकोनोमिक्समा पिएचडी गरे । लाग्न सक्छ रोल्पाको दुर्गम ठाउँ अझै भनौं त्यो भित्र पनि विगत पहाडी गाउँ जहाँबाट दुख संघर्ष गर्दै रोल्पा जिल्लाकै हिसाबले अर्थशास्त्रमा पिएचडी गर्नेमा पहिलो हुन सफल भए । समय सधैं अगाडि बढ्छ:मलाई के लाग्छ भन्दा सकारात्मक कुरालाई सम्झदैं जाने हो र त्यसबाट नयाँ शिक्षा लिउदै जाने हो भने नकारात्मक कुरालाई बिर्सदै जाने र त्यसलाई छोड्दै जाने हो,ओलीले भने । मान्छेहरुले भन्छ नी नकारात्मक र सकारात्मक दुबै सम्झनु पर्छ भनेर तर मेरो सोचाइमा लाग्छ जुन जुन कुराले जीवनमा आशा जगाउँछ नी त्यो कुराबाट शिक्षा लिएर अगाडि बढ्नुस र जुन जुन कुराले नकारात्मक म्यासेज दिन्छ नि ती कुराहरू छोड्दै जानुस् तपाईंको जीवनलाई सहज बनाउँछ।
बाल्यकालको त्यो अवस्थालाई स्मरण गर्दै भने वनमा नाङ्गै खुट्टा जादा काँधा बिझे होलान्, हिजोका ती दिनमा नाङ्गै खुट्टा स्कुल गयौं होलारु हिउँ पर्दा नाङ्गै खुट्टा हिडियौ होला दाइ र म एक दिन दाइ रोकिएर बाख्रा ग्वाला जाने र एक दिन म बाख्रा ग्वाला जान घरमा रोकिएर पढेका हौं । आइतबार दाइ स्कुल जानूभयो भने सोमबार दाइ रोकिने र सोमबार म स्कुल गए भने मंगलबार म रोकिने गरेर गाउँमा बढेका हौं हामीले। अर्को कुरा मेरो गाउँमा अहिलेसम्म सडक गएको छैन अर्थात मेरो घरसम्म सडक गएको छैन म त्यसको कोशिसमा छुू मेरो घरको वरिपरि जंगल छ र मेरो घरनै रिसोर्ट जस्तो छ,किनकि मेरो घरको चारैतिर जंगल छ र बीचमा मेरो घर छ त्यहाँबाट आउन मलाई सहज त थिएन।
जीवनमा यस्ता घटनाहरु घट्छन जसले जीवनको बाटोलाई नै परिवर्तन गरिदिन्छ।मेरो पनि तिटा मिठा घटनाहरु छन जुन मेरा लागि ती घटनाहरु विगत भइसके र जुन जीवनमा सकारात्मक कुराहरु हुन्छन् त्यसले मलाई सधैं उत्प्रेरणा दिइरहन्छ।म त्यो कुरालाई फ्लो गर्दछु र म आशावादी व्यक्ति पनि हुँ र हुनु पनि पर्छ, हामी अगाडि बढ्नुपर्छ किनभने जीवनमा दुईवटा कुरा चाहिँ ख्याल गर्नुपर्छ भन्छुू एउटा कुरा जुन तपाईंले गर्दै हुनुहुन्छ नि त्यो भित्री मनदेखी गरौँ भित्री मनदेखी गरेको रिजल्ट पनि मनदेखी आउँछ र मन पनि सन्तुष्टि हुन्छ अर्को कुरा जीवनमा नकारात्मक पक्षहरु पनि धेरै हुन्छ जुन त्यसले तपाईंलाई नकारात्मक बाटो तिर नै डोर्याउछन। यो पक्षलाई छोड्दै जानुपर्छ किनभने एउटा उद्देश्य जीवनको एउटा उद्देश्य बोकेर हिडियौं भने अवश्य गन्तव्यमा पुग्न सक्छौं।
मलाई थाहा छैन मेरो करियर भर्खरै सुरु भएको छ तर अहिलेनै यहीँ भन्ने अवस्था छैन र एकेडेमीक हिसाबले म एउटा उच्च तहमा पुगिसकेको छु।मैले सायद मेरो यो नै अन्तिम हो त भन्दैन,मैले यो भन्दा अगाडी पोष्ट डक्टरेड गरे भने त्यो एउटा पाटो खुल्ला छ र हैन भने जीवनकै महत्त्वपूर्ण पाटो पार गरियो भनौं न अहिलेलाई।इच्छाशक्ति भयो भने असम्भव भन्ने केही छैन भन्ने लाग्छ।मेरो आमा बुबा अहिले पनि त्यतै गाउँमै हुनुहुन्छ।म सँग कहिले फिइ तिर्ने पैसा हुँदैन्थ्यो र यदि मैले पैसा तिरेरै पढ्ने भए मैले एमविए नै गर्ने थिएन होला पिएचडीको त कुरै छोडौं ।
मलाई के पनि याद छ भने म इन्जिनियर नै पढ्छु भनेर काठमाडौ आएको थिए।तर मसँग पैसा थिएन र पैसा नभएपछि कसरी पढ्न सकिन्छ र त्यसपछि म म्यानेजमेन्टमा सिफ्ट भएर पछि एमविए सकाए र विस्तारै पिएचडी वि.सं.२०६२ साल बैशाख महिनामा म दाङ पढ्न जान्छु भनेर ५ सय रुपियाँ लिएर घरबाट निस्केको मान्छे तर म दाङ नगएर आफ्नै सदरमुकाम लिबाङ आएर पढेको हुँ।मलाई के लाग्छ भन्दा पैसा एउटा माध्यम हो र महत्त्वपूर्ण पनि हो भने सबै पैसा पनि होइन तपाईंले पैसा नभएर ठ्याक्कै त्यो काम पुरा गर्न सक्नु भएको छैन होला तर त्यो भन्दा राम्रो गर्न सक्नु हुन्छ।सबै कुरा पैसा पनि होइन तर पैसाले रोक्छ पनि मैले त इन्जिनियर पढ्न पाइन नि यदि इन्जिनियर पढेको भए म इकोनोमिक्समा अगाडि बढ्न सक्ने थिएन।अहिले म जुन प्लेटफममा छु एकदम वेटर प्लेटफममा छु भन्ने लाग्छ उनले भने।
प्रेरणाको स्रोत घटनाहरु भएको बताउदै भने हरेक घटनाले नयाँ शिक्षा दिन्छ।व्यक्ति नै यहीँ हो भन्दा पनि कुन कुन घटनाले कतिखेर कहाँ निर महत्त्वपूर्ण भूमिका खेल्यो भन्ने कुरा महत्वपूर्ण हो।व्यक्ति नै भन्ने हो भने मेरो हजुरबुबा नै हो।मेरो हजुरबुबा गाउँको भलार्मी नै हुनुहुन्थ्यो सबैले मान्ने व्यक्ति नै हो।म आमाबुबासँग त्यति धेरै बसिन र हजुरबुबासँगै बसेको हुँ।जुन हजुरबुबाले देखाएको बाटो थियो सधैं सत्यतथ्यमा हिंड्नुपर्छ,गलत गर्नु हुँदैन र समाजमा राम्रो गर्नुपर्छ भन्ने चाहिँ मेरो हजुरबुबा हो।कतिखेर आमाबुबाको घटनाहरु,साथीभाइको घटनाहरु र कतिखेर आफू भन्दा सिनियरहरुको घटनाहरु धेरै छन जसले मलाई पल पलमा मोटीभेसनको काम गरे।
जिल्लाको हिसाबले धेरै व्यक्तित्वहरु माथि पुग्नु भएको छ,उपराष्ट्रपति,सभामुख देखि प्रशासनिक क्षेत्रमा पनि केही व्यक्तिहरु माथि पुग्नु भएको छ।उहाँहरुले आफ्नो ठाउँबाट योगदान गर्नु भएको छ।मेरो सन्दर्भमा सम्भवत रोल्पा जिल्लामै पिएसडी गर्ने म नै पहिलो व्यक्ति हुँ त म भन्दैन।मैले थाहा नपाएको व्यक्तिहरु हुनु होलारु किनभने को व्यक्तिले के गरेको छ भनेर मैले त्यसको यकिन विवरण त मैले राखेको पनि छैन र थाहा हुने कुरा पनि भएन।
अर्को कुरा रोल्पा भएका करिब २ लाख बढी मानिसलाई चिन्ने कुरा पनि भएन तर ग्यारेन्टी साथ म नै हुँ भन्न सक्दैन र यति चाहिँ भन्न सक्छु इकोनोमिक्स अर्थशास्त्रमा रोल्पा जिल्लाको सन्दर्भमा पहिलो म नै हुँ चाहिँ भन्न सक्छु।मलाई गर्व पनि लाग्छ र मेरो यो उमेरमै पिएचडी गर्ने कमै हुनुहुन्छ र रोल्पाबाट सायद म नै हुँ भन्ने लाग्छ ओलीले भने । त्यस्तै परिवर्तन गाउँपालिकाको हिसाबमा पिएचडी गर्ने पहिलो व्यक्ति म हुँ भन्ने लाग्छ।जहाँ इच्छाशक्ति त्यहाँ उपाय भनेझैं ओली समाजको एक उदाहरणीय व्यक्ति बनेका छन।
उनले बलियो मेहनत, कडा संघर्ष र सो आफ्नो इच्छाशक्तिले जुनसुकै काम गर्ने हो भने असम्भव भन्ने केही नभएको सन्देश र प्रेरणा व्यक्त गर्नु भएको छ।डा।सुदन कुमार ओली चीनको राजधानी वेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेशनल विजिनेश एण्ड इकोमोमिक्सबाट अर्थशास्त्रमा पिएचडी सकाएका छन् ।
प्रतिक्रिया दिनुहोस