पुस ४, दाङ । एक कानुन ब्यबसायी पुरुषलाई हनी ट्रयापमा पारेर पैसा असुलेको अभियोगमा धरौटिमा छुटेका घोराहीमा तीन महिलालाई अदालतले कैद र जरीवानाको फैसला सुनाएको छ ।
तत्कालिन दाङका प्रहरी प्रमुख, काविल प्रहरी अफीसर सुरेश काफ्लेले हनी ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा तिन जना महीलालाई मुद्धा चलाएका थिए ।
होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरीवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनवावु पाण्डेले वताए ।
जिल्ला न्यायाधिश जगतबहादुर पौडेलको एकल इजलाशले कानुन व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीया सीतादेवी थापा १५ हजार रुपैँया, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई कैदसहीत जनही १० हजार रुपैँया जरीवाना गर्ने अदालतले फैसला गरेको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिए ।
वारा जिल्लामा प्रहरी प्रमुख रहेका एसपि काफ्लेले हनि ट्रयापमा संलग्नलाई कानुनि दायरामा ल्याई अदालतले फैसला सुनाएकोमा धन्यवाद दिदै आफुले गरेको अनुसन्धान सफल भएकोमा खुसी ब्यक्त गरे ।
उनीहरुले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो । ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो ।
उनीहरुबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाखसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिल मार्फत अदालतमा मुद्धा चलेको थियो ।
उपदफा ३ ख बमोजिम कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको कानुनि प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस