पुर्व जनमुक्ति सेनाका कमान्डर सहिद जितेन्द्रको आमाको निधन, आदर्शद्वारा शोक वक्तव्य जारि


असोज २, काठमान्डौ । तत्कालिन जनमुक्ति सेनाका ब्रिगेड सह-कमान्डर तथा जेष्ट छोरा सहिद बिनोद पन्त ‘क. जितेन्द्र’को ममतामयी आमा पदम कुमारी पन्तको निधन भएको छ ।

उनको ६८ बर्षको उमेरमा क्यान्सर रोगबाट यहि भदौ २९ गते बेलुकी ६:२५ बजे निधन भएको हो । शहीदकी आमा पदम कुमारी पन्तबाट दुई छोरा र एक छोरी जन्मिएका थिए । जसमध्ये तत्कालिन जनमुक्ति सेनाका ब्रिगेड सह-कमान्डर तथा सहिद बिनोद पन्त ‘क. जितेन्द्र’ जेष्ट छोरा हुन भने कान्छो छोरा अर्जुन पन्त हुन ।

त्यसैगरी छोरी बिनिता पन्त हुन र बुहारी प्रभा सेडाई-पन्त हुन । दु:खद घडीमा मृतक आमा प्रति नेपाल कम्युनिस्ट पार्टी पूर्वी गण्डक ब्युरो इन्चार्ज आदर्श सीले शोक बक्तव्य जारि गर्नु भएको छ । मृतक शहीदकी आमाप्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै शोपन्काकुल परिवारजन र आफन्तजन प्रति गहिरो समवेदना तथा सहानुभूति समेत प्रकट गर्नु भएको हो ।

नेता आदर्श सीले सहिदको सपना साकार पार्न एकीकृत जनक्रान्तिको बाटोमा प्रतिबद्द रहेको पनि बताएका छन ।

हेर्नुहोस शोक बक्तव्य:

२ आश्विन २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको