नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला संयोजकमा पूर्ण केसी

फाइल तस्बिर

भदाै २, राेल्पा । नेकपा (माओवादी केन्द्र) ले रोल्पा जिल्ला संयोजकको जिम्मेवारी पूर्ण केसीलाई दिएको छ ।

रोल्पा नगरपालिकाका पूर्व मेयर केसीलाई लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)मा बसेको चौथो पूर्ण बैठकले संयोजकको जिम्मेवारी दिएको हो । यसअघि गुणेन्द्र घर्ती जिल्ला संयोजक थिए ।

घर्तीलाई बैकल्पिक केन्द्रीय सदस्य बनाएर माओवादी केन्द्रले रोल्पा संयोजक केसीलाई बनाएको हो ।

विद्यार्थीकालदेखि नै राजनीति सुरु गरेका केसी २०५४ साल जेठ १५ गतेदेखि जनयुद्धमा भूमिगत भएका थिए । हेटौँडा महाधिवेशन अयोजक समिति सदस्य भइसकेका केसी अहिले लुम्बिनी प्रदेश सचिवालय सदस्य रहेका छन् ।

 

२ भाद्र २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको