दाङमा मोटरसाईकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती र छोरी गम्भीर घाइते

फाइल तस्बिर

चैत ५, दाङ । दाङको घोराही-लमही सडक खण्डमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाईते भएका छन् ।

आईतबार बेलुका करिब ६ बजेको समयमा घोराही उपमहानरपालीका वडा नम्बर ३ स्थित कुईरेपानीमा मिनि ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार चालक प्युठानको नौबहीनी गाउँपालिका ६ का ३२ बर्षिय राजन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनको राप्ति स्वास्थय विज्ञान प्रतिष्ठान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए । घोराहीदेखी लमहीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ क–०१६९ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बाग्मति प्रदेश ०२–०१६ प-३६५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार मृतक केसीकी श्रीमती २६ वर्षिया सन्ध्या केसी र उनकै २ वर्षिया छोरी राष्ट्रियता केसीको अवस्था पनि गम्भीर रहेको नायव उपरीक्षक कुमार गौतमले बताए । आमाको दायाँ खुट्टामा र टाउकोमा गम्भिर चोट लागेको छ भने छोरीको भित्री चाेटका कारण गम्भिर घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

घाईते दुबैको राप्ति स्वास्थय विज्ञान प्रतिष्ठान उपचार भैरहेको छ । मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

५ चैत्र २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको