स्याङजा वालिङका मृगौला पीडित शेखरलाई मगर संसार द्वारा आर्थिक सहयोग प्रदान गरेको छ ।
सामाजिक सञ्जाल online फेसबुक ग्रुप मगर संसार फ़ोटो ग्यालरीले १६६ औ सहयोग हस्तांतरण गरेको छ।
मगर संसारका संस्थापक अध्यक्ष/सामाजिक अभियन्ता अनिल लामिछाने मगरले दिनु भएको जानकारी अनुसार देश विदेशबाट पठाउनु भएको सहयोग रकम संकलन गरेर आज एक कार्यक्रम बीच हस्तांतरण गरेको जानकारी दिनु भयो।
आर्थिक अवस्था कमजोर स्याङजा जिल्ला वालिङ १० निवासी बाबा धन बहादुर खवास मगर र आमा भीम कुमारी खवास मगरको छोरा १९ बर्षीय शेखर खवास मगरको बिगत बर्ष देखी दुबै मृगौला फेल भई उपचारको क्रममा रहेकोले निजको आर्थिक अवस्था निकै कमजोर रहेकोले मगर संसार द्वारा अपील मार्फत संकलित रु.१६,०००/- नेपालि रुपिया मगर संसारका सदस्य समाजसेवी श्री मित्र सोती मगरको हातबाट पीडित लाई हस्तांतरण गरियो।
सहयोग पठाउनु हुने अमर मगर, सुजन गुरुङ् ,मित्र सोती मगर लगायत लाई बिशेष धन्यवाद।
अध्यक्ष/अभियन्ता:- अनिल लामिछाने मगर हाल कोरिया
एवम समस्त मगर संसार एडमिन परिवार
➡️
प्रतिक्रिया दिनुहोस