तेस्रो स्याङ्जा कपको उपाधी बागलुङ समाज द.कोरियाको पोल्टामा


२०२३/ १०/१५ तारिक
अनिल लामिछाने मगर (संचार बिभाग प्रमुख:-
स्याङ्जा परिवार द.कोरिया थेगु शाखा )

“स्याङजाली एकता उपकारी मन,सद्भाव सँगै बिताऊँ परदेशी जीवन “भन्ने मूल नाराका साथ २०१७ सालमा स्थापित यस स्याङ्जा परिवार थेगु शाखा द्वारा हिन्दूहरुको महान चाड विजया दशमीको अवसर पारेर यहि मिति 2023-10-15 का दिन “आपतकालिन राहत कोष स्थापनार्थ” आयोजित “दशै धमका तेस्रो मैत्रिपूर्ण खुल्ला भलिबल प्रतियोगिता 2023 थेगु स्थित गुजी भलिबल खेल मैदानमा भव्य र सभ्य रुपमा सम्पन्न गरेकोछ।

कोरिया भरीका विभिन्न संघ संस्थाको सहभागी रहेको भलिबल प्रतियोगितामा २२ टीमले सहभागी जनाएका थिए |

प्रतियोगितामा प्रथम बिजेता बाग्लुङ समाज द.कोरिया,दोस्रो बिजेता OHC बाग्लुङ र तेस्रो बिजेता सागरमाथा समाज नामजी भएको थियो।

प्रथम बिजेताले पुरस्कार स्वरुप कोरियन २१ लाख वन, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने दोस्रो बिजेताले कोरियन १४ लाख वन,शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसै गरी तेस्रो बिजेताले भने कोरियन ७ लाख वन,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।

त्यसै गरी अन्य बिधामा भने बेस्ट प्लेयर सागरमाथा समाज नामजी का खेलाडी कृष्ण थापा,उत्कृष्ट स्पाइकर बागलूङ समाजका रिजन राना मगर, बेस्ट लिबरो बागलूङ समाज का प्रकाश मल्ल, र बेस्ट सेटरमा OHC का प्रेम क्षेत्री घोषित भएका थिए |बेस्ट खेलाडीले एक लाख वन, त्यसै गरी बेस्ट स्पाइकर, बेस्ट लिबेरो र बेस्ट सेटले 50/50 हजार वन सहित मेडल र सम्मान पत्र प्राप्त गरेका थिए |

भलिबल उद्घाटन केन्द्रिय अध्यक्ष तथा प्रमुख अतिथी भक्त थापा मगर र थेगु मन्चका अध्यक्ष भानु घिमिरेले गर्नु भएको थियो।
कार्यक्रम कार्यबाहक अध्यक्ष मिलन राना मगर ज्यूको सभापतित्वमा केंद्रिय अध्यक्ष भक्त थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो।

संस्थाका संरक्षक रमेश मस्राङ्गि मगर ज्यूको स्वागत मन्तब सँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि केंद्रीय अध्यक्ष भक्त थापा मगर द्वारा उपस्थित सम्पूर्ण खेल प्रेमी खेलाडी सहयोगी दर्शकहरू र आयोजकलाई धन्यवाद दिदै यति राम्रो तरिकाले छोटो दिनमा धेरै टीम लाई समय मै भब्य र सभ्य रुपमा प्रतियोगिता सफल पार्न सफल भएकोमा खुसि ब्यक्त गर्दै शाखालाई बिशेष धन्यवाद दिनु भयो।
त्यसै गरी प्रमुख सल्लाहकार तथा कार्यक्रम संयोजक विष्णु वाग्ले ज्यू द्वारा उपस्थित सम्पूर्ण दर्शक,खेलाडी,सहयोगीहरूमा बिशेष धन्यवाद ब्यक्त गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकोमा आयोजक खुसि रहेको बताउदै यस्ता प्रतियोगिताहरु हुनु पर्नेमा जोड़ दिनु भयो।
त्यसै गरी खेल संयोजक दिलेन्द्र मगर ज्यूले नसोचेको टीम सहभागी हुदा आफु दंग परेको र मौषमले साथ दीदा आयोजक भाग्यमानी रहेको बताउदै सम्पूर्ण टीम सहयोगी लाई बिशेष धन्यवाद दिदै सम्पूर्ण संघ संस्था सँग हातेमालो गर्दै अघि बढ़ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा बिशेष अतिथिमा भलिबल संघ कोरियाका अध्यक्ष चन्द राना मगर, थेगु मन्चका अध्यक्ष भानु घिमिरे,अन्य अतिथिमा तारा रेस्टूरेंटका सञ्चालक चिरन्जीवि पाण्डे,मगर संघ थेगु शाखाका संरक्षक नरेश थापा मगर,स्याङजा परिवार किम्हे बुसान शाखाका अध्यक्ष आशिष रानाभात ,निबर्तमान अध्यक्ष स्याङजा परिवार किम्हे बुसानका कमल अर्याल ,परोपकार समाजका अध्यक्ष अजित सापकोटा, मगर संघ थेगु शाखाका अध्यक्ष खडक घर्ती मगर, बागलुङ समाज थेगुका अध्यक्ष ज्ञानु श्रीस मगर, वेगाम नेपालि समाजका अध्यक्ष बिनोद सेवा,तमु धीं थेगु शाखाका अध्यक्ष मनी गुरुङ,QS रेमिटका प्रतिनिधि तथा मगर संघ केन्द्रका बरिष्ठ उपाध्यक्ष तारा पुन मगर, सुदूर पश्चिम समाज थेगुका अध्यक्ष बिस्वास बदु,कास्की समाज थेगुका सुरेश सुनुवार ,खेल संयोजक दिलेन्द्र मगर,मुख्य रेफरी अनिल लामिछाने मगर लगायत उपस्थित रहेको कार्यक्रममा औपचारिक कार्यक्रम संस्थाका सचिव अमृत अधिकारीले गर्नु भएको थियो।

कार्यक्रमका सभापति कार्यवाहक अध्यक्ष मिलन राना मगर ज्यू द्वारा छोटो तयारीमा 22 टीमको सहभागीताले स्याङ्जा कप सफल भएको र आयोजक लाई साथ स्पोट गर्नु हुने सबै खेल प्रेमी सहयोगी मनहरुमा धन्यवाद दिनु भयो। साथै प्रतियोगिताको उद्देश्य लक्ष्य अनुसार छिटै संस्था अघि बढ़ने समेत जानकारी दिनु भयो।

३० आश्विन २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको