साउन ३२, काठमाडौ । प्युठानको नौबहिनी गाउँपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ।
बुधबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाको लोगो सार्वजनिक गरिएको हो।गाउँपालिका भित्रका पर्यटकिय क्षेत्र,धार्मिक क्षेत्र र कृषि तथा सोहि क्षेत्रका नदिनाला समेटिएको लोगो सार्वजनिक गरिएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव पौडेलले जानकारी दिए।
गाउँकार्यपालिकाको निर्णयअनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो भने लोगो सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष डिलबहादुर थापाले पालिकाको पहिचान दिलाउने गरी पहिलो पटक आफ्नै लोगो निर्माण गरिएको हो-उनले भने।अब गाउँपालिकाले आफ्नो चलन चल्तीमा लोगो प्रयोग गर्ने छ-थापाले भन्नुभयो।
गाउँपालिकाले प्युठान जिल्लाकै सबैभन्दा अग्लो स्थान ३ हजार ६५९ मिटर उचाईको कोठिभिर,नौबहिनी मन्दिर,यो क्षेत्रमा पाइने डाँफे,लुङ्खोला,खलेसबाङ्मा उत्पादन हुने आलु लगायत नौबहिनी पहिचान दिलाउने गरि लोगो सार्वजनिक गरेको छौं-उनले भने।त्यस्तै बुधबार नै नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा समेत गरेको छ।आर्थिक वर्ष २०७९/०८० मा भएका कार्यक्रमहरुको प्रगतिको बारेमा समिक्षा गरिएको हो।
यस वर्ष चालू तर्फ ८८.६७ प्रतिशत र पुजिगत तर्फ ९०.४५ प्रतिशत गरि समग्रमा ८९.५६ प्रतिशत कार्य प्रगति गरेको नौबहिनी गाउँपालिकाले जानकारी दिएको छ।प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षता गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यता र उपाध्यक्ष बिष्णा थापाको विशिष्ट आतिथ्यता रहेकोे थियो।
नौबहिनी गाउँपालिकाका वडा अध्यक्षहरु,सदस्यहरु,नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजाल,पुर्व अध्यक्ष सुशील पोख्रेल र गिरु भण्डारी,पत्रकार राजेश जिसि र महेश थापा सहित पालिकामा कार्यरत शाखा प्रमुख तथा राष्ट्रसेवक कर्मचारीहरुको उपस्थिति रहेको थियोे।
प्रतिक्रिया दिनुहोस