दाङमा सशस्त्रका सहायक हवलदारले आफैलाई गाेली हाने


बैशाख ४, दाङ । दाङ तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरीका ३५ बर्षीय वशन्त केसीले आइतबार बेलुका ८ बजेर ३५ बजेतिर समयमा आँफैले आँफैलाई गोली हानेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए । केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा करिब ५ दिन पहिले मात्रै कपिलबस्तु बाट आएका थिए ।

४८ नम्बर रिजर्व गुल्म कपिलबस्तुमा कार्यरत केसी गृहनगर तुलसीपुरमा आएको केही दिनमै आँफैले आँफैलाई किन गोली हाने भन्ने बारे अनुसन्धान हुन बाँकी नै रहेको डिएसपी मल्लले बताए ।

केसीको शब पोष्टमार्टमको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।

४ बैशाख २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको