रोल्पाली सेवा समाजको ५औं बार्षिक साधारण सभा सम्पन्न


असोज २८, रोल्पा । रोल्पाली सेवा समाज रोल्पाको ५औं बार्षिक साधारण सभा रोल्पाको लिबाङमा सम्पन्न भएको छ । रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारि परमानन्द घिमिरेको प्रमुख आतिथ्यमा आज आतवार सभा सम्पन्न भएको हो ।

बार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारि घिमिरेले संस्थाले मानवीय सेवामा स्रहानिय कार्य गर्दै आएको बताउदै अव दीर्घकालीन कार्यक्रममा सरिक हुन संस्थालाई सुझाएका छन । संस्था संचालन ऐनमा रहेर सुशासनलाई ब्यबस्थित गर्न समेत घिमिरेले आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले कानूनीरुपमा दर्ता संस्था कानून अनुसार नै चल्नुपर्ने बताए । दर्तापूर्व अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको नामबाट सञ्चालन भएपनि दर्तामा अन्तर्राष्ट्रिय हटाइएकोबारे उठेको जिज्ञासाका विषयमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो, ‘दर्ता प्रक्रियामा अन्तर्राष्ट्रिय नाम छैन भने अन्तर्राष्ट्रिय लेख्नु कानून विपरीत हुन्छ । उहाँले नामले भन्दा पनि राम्रो काम गरेर सबैको मन जित्नुपर्ने बताए ।

राजनैतिक दल, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि तथा पत्रकारहरुले रोल्पाली सेवा समाजले अन्य संस्थाहरुको भन्दा पृथक कार्य गर्दै आएको बताउदै आगामी कार्य योजना बारे सुजाव दिएका थिए भने संस्थाका हरेक गतिविधिहरु बार्षिक अभिलेखीकरण गर्नुपर्नेमा जोड दिएका थिए । बिदेशमा रहने केहि युवाहरुमा नकारात्मक सोँच पैदा हुँदा देश तथा समाजमा वैमनस्यता उत्पन्न हुने खतरा बढेको समेत बक्ताहरुको जिकिर रहेको थियो । यस्ता खाले अराजक तथा उछ्रिङखल सोँचहरुलाई काउन्सिलिङको आवस्यकता रहेको बताउदै उक्त काउन्सिलिङ रोल्पाली सेवा समाजले गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बक्ताहरु नेपाली काँग्रेस रोल्पाका पार्टी सचिव शेरबहादुर थापा, नेकपा एमालेका प्रतिनिधि घनश्याम आचार्य, नेकपा एकीकृत समाजवादी पार्टी रोल्पाका अध्यक्ष टंक बुढा, रास्वपा रोल्पाका रमेश थापा, नेकपाका केन्द्रिय प्रतिनिधि टिकाराम नेपाली, पारिजात आमा समुहकी अध्यक्ष गौमाया केसी, जलजला क्याम्पसका उपप्रध्यापक गोकर्ण पुन, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविनलोचन मगर, पत्रकार महेश न्यौपाने, समाजका संस्थाका संस्थापक अध्यक्ष सन्दिप थापा, सेवा समाज रोल्पाका सल्लाहकार कैलाश रोका लगायले शुभकामना मन्तव्य राख्ने कार्य भएको थियो ।

संस्थाका अध्यक्ष डिलाराम वलीद्वारा संस्थाले हालसम्म गरेका गतिबिधि र आगामी योजना बारे प्रगति बिवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रमका बिचमा संस्थामा निकै क्रियाशील रहदै सामाजिक सेवामा समर्पित संस्थापक सदस्य धनमाया रोका मगरलाई संस्थाले सम्मान गरेको थियो भने रोल्पा माडीका बिरामी भद्रलाल घर्तीलाई मलेशिया शाखाले उपचारका लागि ६० हजार नगद सहयोग गरेको थियो ।

रोल्पाली सेवा समाजका अध्यक्ष डिलाराम वलीको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन सत्रलाई संस्थाको प्रवक्ता वकिल बहादुर पुनले संचालन गरेका थिए भने संस्थाका कोषाध्यक्ष निशान वलीले उपस्थित सबैलाई स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए ।

त्यसैगरी बन्द सत्र कार्यक्रममा संस्थाका सचिव रोशन गिरिद्वारा सांगठनिक प्रतिबेदन प्रस्तुत गर्ने कार्य भएको थियो भने संस्थाका कोषाध्यक्ष निशान वलीद्वारा बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत भएको थियो । बार्षिक आर्थिक प्रतिबेदनमा जम्मा आय तर्फ १३ लाख ९४ हजार ८ सय ३६ रहेको छ भने जम्मा व्यय तर्फ ६ लाख ५२ हजार ९ सय ५० रहेको छ । जसमध्य संस्थाको बचत ७ लाख ४१ हजार ८ सय ८६ रहेको संस्थाले जनाएको छ ।

 

२९ आश्विन २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको