मगर संघ कोरिया थेगु शाखाको आयोजनामा जारी फिल्म थेगु शहरमा भब्य प्रदर्शन


2023 जुलाई १६ आइतबार
(कोरिया थेगु)

नेपाल मगर संघ द.कोरिया थेगु शाखाको आयोजनामा (नेपालको दुर्गम जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष ) स्थापनार्थको लागि आज थेगु शहरमा नेपाली सुपरहिट फिल्म “जारी” प्रदर्शन भब्यताको साथ सम्पन्न भएको छ।

कोरियामा अग्रणी जातीय संस्थाको रुपमा चिनिने हरेक,सुख ,दुखको सारथी मानिने मगर संघ द.कोरिया थेगु शाखाले आफ्नो संस्कृति जोगाउनुको साथै प्रवास देखी नेपाल सम्म भईपरि आउने आपत- बिपतमा हाते मालो गर्दै आईरहेको यस संस्थाले आज २०२३ जुलाई १६ तारिक आइतबार सार्वजनिक बिदाको दिन मिलाई थेगु आसपासमा रहेका नेपालिहरूको मागलाई मध्यनजर गर्दै भेटघाट हुने एउटा झमघटको बातावरण पनि हुने र कामै कामले थकित भएको मनलाई बिसाउन साथै सामाजिक कामकै लागि जारी प्रदर्शन गरिएको कुरा संस्थाका अध्यक्ष खडक घर्ती मगरले जानकारी दिएका छन।
फिल्म देखाउनु अघि स्थानीय कलाकारहरूको प्रस्तुतीले दर्शकहरूमा एउटा रौनक र उत्साह थपेको थियो। हलमा उल्लेख्य दर्शकहरूको भीड रहेको र चार सय बढी नेपालीहरु फिल्म हेर्न आएको जीतन श्रीस मगरले बताउनुभयो ।
त्यसै गरी बातावरण अनुकूल नरहेकोले सोचे जस्तो दर्शक नआएको र नितान्त सामाजिक कार्यका लागि प्रदर्शन गरिएको चलचित्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने बिभिन्न संग संस्था ब्यवसायी साथै प्रत्यक्ष रूपमा उपस्थित भई सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरूलाई धन्यबाद दिदै संस्थाका संरक्षक नरेश थापा मगरले छिट्टै नै उद्देश्य अनुरूप काम गर्ने कुराको जानकारी दिएका छन।

३१ असार २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको