असार ३१, रोल्पा । रोल्पाको लुंग्री गाउँपालिका-५ मा विषालु च्याउ खाँदा बिरामी भएका एकै परिवारका तीनै जनाको मृत्यु भएको छ ।
असार २५ गते जंगली च्याउ खाएपछि विरामी भएका उनीहरूलाई थप उपचारका लागि भैरहवा पठाइएको थियो ।
उपचारकै क्रममा आमा र २ छोराको निधन भएको हो । असार २५ गते जंगली च्याउ खाएका ३५ वर्षीया भिमा गुरुङ, ११ वर्षको सुशील गुरुङ र ६ वर्षकाे प्रेम गुरुङ बिरामी परेका थिए । उनीहरू आमा छोरा हुन् ।
बिरामी भएपछि उनीहरूलाई अस्पताल पुराइएको थियो तर स्थानीय तहमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा पठाइएको थियो । उपचारकै क्रममा तीनै जनाको निधन भएको हो ।
प्रेमको शुक्रबार, सुशीलको शनिबार र भिमाको आईतबार निधन भएको लुंग्री गाउँपालिका-५ का अध्यक्ष रिखबहादुर रोकाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस