होलेरीमा हाटबजार संञ्चालनमा, कृषकहरु खुशि


असार ३१, दाङ ।  रोल्पाको रुन्टिगढि गाउंपालिका होलेरीमा हाटबजार संञ्चालनमा आएको छ । उक्त हाटबजार आज एक कार्यक्रमका बिच रुन्टिगढि गाउंपालिका अध्यक्ष जनक पुनले उद्वघाट्न गर्नु भएको हो ।

हाटबजार रुन्टिगढि गाउंपालिकाको १० लाख , समुन्ति परियोजना १० लाख , रुडास नेपाल गोल २ परियोजना को ८ लाख , रुडास नेपाल प्रक्याव परियोजना ३ लाख र जन श्रमदान ३ लाख ९९ हजार गरि ३४ लाख ९९ हजार लागतमा हाटबजार समिति द्वारा सम्पन्र भएको हो ।

कार्यक्रम हाटबजार समितिका अध्यक्ष चन्द्र महराको अध्यक्षता , प्रमुख अथिति रन्टिगढि गाउंपालिका अध्यक्ष जनक पुन तथा अथितिहरु रुन्टिगढि गाउंपालिका बिभिन्न वडाका वडा अध्यक्षहरु , राजनैतिक दलका प्रतिनिधिहरु , इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख , मङ्गल ज्योति ताजा तरकारी कृर्षि हाटबजारका उपाध्यक्ष लगाएत कृषक र व्यापारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित व्यक्तिहरुले विगत लामो समय देखि अलपत्र अबस्थामा रहेको हाटबजार संञ्चानमा आएको भन्दै गाउंपालिका संगै समोवन्य संस्थाहरुलाई धन्यवाद व्यक्त गरेका थिय , साथै उनिहरुले संञ्चालनमा ल्याउनु र बनाउन मात्र ठुलो कुरा नभएको भन्दै यसलाई बचाउन र निरन्तर संञ्चालन गर्न अनुरोध गर्दै विगत झै अल्पत्र नबनाउन हाटबजार समितिलाई अनुरोध गरेका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अथिति जनक पुनले बिभिन्र बाधा अबरोधका बिचमा पनि आफुहरु हाटबजार संञ्चालन गर्न सफल भएको बताउनु भयो । साथै हाटबजार संञ्चालन गर्दा जस्तो सुकै अबस्था आएपनि नरोकिने र अन्य छिमेकी गाउंपालिका भन्दा रुन्टिगढि गाउंपालिका उत्कृष्ट र राम्रो हुने बताउनु भयो , त्यस्तै व्यापारिहरुको समस्या पनि ग्यारेन्टि गर्ने भनाई राख्नु भएको थियो । उहांले भन्नु भयो अब बिचौलिया भन्ने शब्दको अन्त्य भएको भन्दै कृषक उत्पादनले बजार पाउने बताउनु भयो ।

उता हाटबजार संञ्चालन समितिका अध्यक्ष महराले भने जे—जस्तो भएपनि हाटबजार संञ्चालन गर्न सफल भएको भन्दै हाटबजार संञ्चालन गर्दा सहयोग गर्न सम्पुर्णलाई धन्यवाद दिदै थप सहयोगको अपेक्ष्या गर्दै , हाटबजार हप्ताको २ दिन शनिवार र मङगबार लाग्ने जानकारी दिनुभयो । कृषकहरु हाटबजार संञ्चालमा आएपछि भने खुशि भएका छन ।

कार्यक्रमको संञ्चालन भने रुडास नेपाल गोल २ परियोजना प्रमुख बासुदेव पोखरेले गर्नु भएको थियो ।

 

३१ असार २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको