रोल्पाको मालेखोलामा यात्रुबहाक बस सेवा सुरु


असोज २८, दाङ । रोल्पाको पश्चिमी भुभाग गंगादेव गाउँपालिका वडा नम्बर ४ मालेखोलामा आज घटस्थापनाको दिनदेखि यात्रुबहाक बसले सेवा सुरु गरेको छ ।

दाङको तुलसीपुरबाट कपुरकोट, झ्याम, पाथिहाल्न, पोखरी डाँडा, रातामाटा, घरेली, लोदचौर हुँदै मालेखोलासम्म यात्रुबहाक बसले सेवा सुरु गरेको हो । तर बाटो मर्मत भइरहेकोले आज एकदिन फारुला हुँदै जाने गंगादेव ५ का वडाध्यक्ष अमृत बुढाले जानकारी दिए । अध्यक्ष बुढाले भने- ‘बर्खाको समयमा बिग्रेको बाटो हिजोदेखि मर्मत सुरु भएको छ, पोखरी डाँडाबाट मर्मत सुरु भएको बाटो आज विहानसम्म रातामाटा सम्म पुगेको छ, साँझसम्म लोदचौरसम्म मर्मत कार्य सकिन्छ, त्यसपछि भोली २९ गतेबाट यहि मर्मत गरेकै बाटोबाट नियमित बस चल्छ ।’,

गंगादेव ४ र ५ नम्बर र सल्यानका केहि भुभागका सर्वसाधारणलाई मध्यनजर गरेर बस सेवा संचान गर्न पहल गरेको अध्यक्ष बुढाले जानकारी दिए ।

यता बस चालक दिलिप वलीले स्थानीय र व्यवसायीहरुले साथ दिए नियमित बस चलाउने जानकारी दिए । उनले- ‘भने हामि स्थानीयको सेवामा सधै तत्पर छौ, स्थानीयले साथ दिए जस्तो सुकै कदम चालेर भए पनि बसलाई नियमित बनाएर छाड्छौ, । अब पहिलाको जस्तो नहुने र नियमीत बस संचालन गर्ने उनको भनाई छ । आज पहिलो दिन रुकुम सिस्ने यातायात प्रालीको रा १ ख २८७५ नम्बरको बस तुलसीपुरबाट छुटेको छ ।

बस नियमित हुने भएपछि बस सेवा क्षेत्रका स्थानिय र व्यापारीहरु खुशी भएका छन । यस अघि पनि नियमित बस संचालन गर्ने भने पनि नियमित हुन सकेको थिएन । चाडपर्वलाई लक्षित गर्दै नियमित बस लगाउने यातायात ब्यावसायीको चुरीफुरिलाई धैरै विश्वास गर्न नसकिने एक स्थानीयले बताए । बिगत लामो समयदेखि तुलसिपुर-झ्याम, सुखावडार हुँदै ताप्लासम्म दैनिक एउटा बस नियमित संचालनमा आइरहेको छ ।

२८ आश्विन २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको