मगर संसारको १६९ औ सहयोग सम्पन्न


मगर संसारको १६९ औ सहयोग सम्पन्न भएको छ ।

नवलपरासी धरमपुरका मिर्गौला बिरामी गंगा रानालाई संकलन भएको सहयोग रकम बिरामीको परिवारलाई रु.३६१,८९९/- रुपिया सहयोग हस्तांतरण

बिडम्बना सहयोग संकलन चलिरहदा गंगाको निधन भएको छ ।
उहा प्रति मगर संसारले हार्दिक श्रद्धा सुमन ब्यक्त गरेको छ ।

आर्थिक अवस्था कमजोर नवलपरासी रामग्राम १८ धरमपुर २ निवासी मृगौला पीडित गंगा राना मगरको उपचार लागि मगर संसार फोटो ग्यालरीको सहयोग अपिल मार्फत संकलित रु.३ लाख ६१ हजार ८ सय ९९ रुपिया एक कार्यक्रमका बीच हस्तांतरण गरी आज सम्पन्न गरेको जानकारी गर्दछौ।

संकलित सहयोग रकम बिरामिको घरमा पुगी मगर संसारका एडमिनहरु प्रिया राना मगर र अशिम प्रजा पुन मगर साथै नवलपरासी रामग्राम १८, धरमपुरका वार्ड अध्यक्ष,नमुना लाङ्घाली मगर समाजका सल्लाहकार संयोजक गोपाल डिस्वा मगर ,नमुना लाङ्घाली मगर समाजका अध्यक्ष दान बहादुर अस्लामी मगर ,नमुना लाङ्घाली मगर समाजका रकम संकलन संयोजन राजु आले मगर लगायत मगर अगुवाई बुद्धिजीवीको उपस्थितिमा सो रकम गंगा रानाको परिवारलाई हस्तांतरण गरेको जानकारी गर्दछौ।

बिडम्बना गंगा राना मगर भने उपचारको क्रममा केहि दिन अघि मात्र निधन भएको थियो।

गंगा राना मगरको उपचारको लागि बिशेष अभियानमा सक्रिय साथ दिनु हुने एडमिन/अभियंता मन ब.थापा मगर लगायत सम्पूर्ण मगर संसारका एडमिनहरु,अन्य अभियन्ताहरु विशाल रुचाल दिसुवा मगर, गोपाल दिसुवा मगर ,जीवन दर्लामी मगर, तेज पुन मगर , कला राना मगर, गोरे सारु मगर ,रन्जित सारु मगर र भुपिन्द्र लगायत सहयोगी दाता हरूमा मगर संसार हार्दिक आभार ब्यक्त गर्दछौ ।

देश बिदेश बाट पठाउनु भएको संकलित नेपाली रु.३,६१,८९९/-रुपिया सहयोग हस्तांतरण गरेको जानकारी गर्दछौ

मगर संसार एडमिन परिवार

२८ भाद्र २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको