अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले निर्मलालाई परिवारसंग मिलन गरायो


साउन २९, काठमाडौं । कुवेतमा फसेकी सुर्खेतकि निर्मला पुनमगरलाई उद्धार पश्चात परिवारसंग मिलन भएको छ । बैदेशिक रोजगारमा फसेकी निर्मलालाई परिवारसंग मिलन गराउन अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको आयोजनामा दाङमा कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक सेवामा निरन्तर खटिरहेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको पहलमा कुवेतीको घरमा बन्दक बनाईएकि निर्मला पुन उद्धार भएकी हुन । निर्मलाको उद्धारको लागि कुवेतमा रहेका जनसम्पर्क समितिका कुवेत सभापति राजेन्द्र रसाईलीले समन्वय गर्नु भएको थियो ।

निर्मला पुनलाई कुवेत देखि नेपाल आउन हवाई टिकटको ब्यबस्थापन गर्न समाजसेवी महिला पुष्पा श्रेष्ठले आर्थिक सहयोग गर्नु भएको थियो ।

बन्दक भएकी निर्मलाले आफुलाई उद्धार गर्न भन्दै अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष डिला राम वलीलाई हारगुहार गरेकी थिइन । उनको हारगुहार पछी रोल्पाली समाजको संस्थागत पहलमा निर्मला उद्धार भएकी हुन ।

त्यसैगरी रोल्पा त्रिबेणीकि चन्द्रकला परियारलाई पनि आफ्नो परिवारसंग मिलन कार्यक्रम भएको थियो । उनिपनी दुई हप्ता पहिले कुवेतबाटै उद्धार भएकी थिइन ।

उनको उद्धारपछी आयोजना गरिएको परिवारसंग मिलन कार्यक्रम अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष डिला राम वलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा दाङका प्रवक्ता धनश्याम गिरिले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपमेयर हुमा कुमारी डि.सी. रहनु भएको थियो भने विशिष्ट अतिथिमा सामाज सेवी पुष्पा श्रेष्ठ र जिल्ला समन्वय समिति दाङका सदस्य जुन कुमारी बुढा मगर रहनु भएको थियो । त्यसैगरी अन्य अतिथिहरु घोराही उपमहानगरपालिका १५ कि वडा सदस्य कृष्ण राना, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय सल्लाहकार केबी गुरुङ, केन्द्रिय सल्लाहकार कैलाश रोकामगर, दाङ शाखाका प्रमुख सल्लाहकार शक्ति राम डाँगी, दाङ शाखाका अध्यक्ष ओम प्रकाश खड्का, दाङ शाखाका सल्लाहकार टेक बहादुर वली, सल्लाहकार घन बहादुर रोका, सल्लाहकार जीवन घर्ती, राष्ट्रिय दैनिक योग बोधका गोबिन्द खड्का, संस्थाका अग्रज ब्यक्तित्वहरु लगायत, विभिन्न संघ संस्था, पत्रकार, समाजसेवीहरु र पीडित परिवारको उपस्थित रहेको थियो ।

२९ श्रावण २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको