रोल्पाको महोत्सवमा पहिलो पटक पर्यटन स्टल


बैशाख १, रोल्पा । रोल्पा कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सवमा पहिलो पटक पर्यटन सम्बन्धि जानकारी दिने उद्देश्यले पर्यटन स्टल राखिएको छ। रोल्पामा आयोजना गरिएको कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव गत चैत ३० गते देखि बैशाख ९ गते सम्म आयोजना गरिको मेलामा पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे सुनछहरी गाउँपालिका ७ जेलबाङको व्यवस्थापनमा ग्रामिण पर्यटन, युद्ध पर्यटन, धार्मिक सांस्कृतिक पर्यटन तथा प्राकृतिक पर्यटन सम्बन्धि जानकारी मुलक ब्रोसर, भिजिटिङ कार्डहरु राखिएको संस्थाका अध्यक्ष तथा पर्यटन व्यवसायी पृथ्वी पुनमगर ‘बालकुराम’ले जानकारी दिनुभएको छ।

संस्थाको आफ्नै निजी लगानीमा उक्त पर्यटन सम्बन्धि सामाग्रीहरु तयार पारी निशुल्क वितरण गरिएको अध्यक्ष पुनले बताउनु भयो ।

संस्थाले रोल्पाको जलजला, थबाङ, जेल्बाङ, रुन्तिगढी, होलेरी, गामको बिबाङ दह, कोठिभिर, तिलाचन, सुनछहरी, गामको गोङबाङ युद्ध स्थल, चुनारेभिर, रोल्पा सादोबाटोको जनयुद्ध भ्युटावर, रक गार्डेन लगाएतको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने उद्देश्यले स्थल बुकीङ गरि पर्यटन सम्बन्धि सामाग्री निशुल्क वितरण गरिको छ।

रोल्पामा अहिलेसम्म आयोजना गरिएका महोत्सवहरुमा पर्यटन सम्बन्धि छुट्टै स्थल बुकिङ गरि जानकारीमुलक सामाग्रीहरु वितरण गरिएका थिएनन् । रोल्पाको ग्रामिण, युद्ध, धार्मिक सांस्कृतिक तथा प्राकृतिक पर्यटनलाई उजागर तथा प्रचारप्रसार गर्ने हेतुले उक्त पर्यटन सामाग्रीहरुको स्थल राखिएको होमस्टेका संस्था अध्यक्ष पुनले बताउनुभयो।

आयोजक संस्थाले महोत्सव अवधिभर पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे संस्था जेल्बाङलाई निशुल्क स्थल उपलब्ध गराएको महोत्सव संयोजक मिलन रोकामगरले बताउनुभयो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रोल्पको आयोजना तथा जिल्ला फुटबल संघ र जिल्ला क्रिकेट संघ रोल्पाको सहयोग आयोजनामा भएको महोत्सव १० दिन सम्म चल्ने आयोजकले जानकारी दिएको छ।

१ बैशाख २०८०, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको