माओवादीले सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलायो


साउन २८, काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । त्यसका लागि आइतबार नै मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए ।

अब जनमत पार्टीकी नेतृ अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नेछिन ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । जनमतले सांसद अनितादेवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । साहको नियुक्ति भोलि हुनेछ ।

२८ श्रावण २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको