असार ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
नर्भिक अस्पताल अनुसार सीताको ६९ बर्षको उमेरमा आज बिहान करिब साढे ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।
प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।
सिता दाहाल १० बर्षे जनयुद्धकी आमाको रुपमा परिचित छन । युद्दकालमा उनि पति प्रचण्डसंगै भूमिगत जीवन बिताएकी थिइन । पुष्पकमल र सिता दाहालको २०२६ बैशाख २६ मा विवाहको थियो । पन्ध्र वर्षको उमेरमा पुष्पकमलले सितासँग मागी विवाह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस