असार २६,काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए। क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन्।
हेलिकोप्टर क्याप्टेन चेत बहादुर गुरूङले उडाएका थिए। हेलिकोप्टरमा मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार थिए।
मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको ९ एनए- एमभी कल साइन नम्बर भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।
प्रतिक्रिया दिनुहोस