साउन २५, रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका प्रतिनिधि इसाई समुदाय बिच परिचायात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम रुन्टिगढी गाउँपालिका इसाई समुदायका अध्यक्ष भुपमनी पुनको अध्यक्षता र प्रमुख अतिथि जनक पुन, बिशिस्ट अतिथिहरु रुन्टिगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डागी, इशाइ समुदाय विभिन्न मण्डलीका पुर्व र निवर्तमान पास्टरहरु, वडा न. १ का वडा अध्यक्ष थम बहादुर घर्ती, वडा न. २ का वडा अध्यक्ष भिउलाल घर्ती, वडा न. ९ का वडा अध्यक्ष चेतलाल खत्री, नेपाली काग्रेंस रुन्टिगढीका प्रतिनिधि देवेन्द्र बोहोरा, नेकपा माओवादी रुन्टिगढी प्रतिनिधि देवेन्द्र बि.क, नेकपा एमाले रुन्टिगढी अध्यक्ष ओमराज बस्नेत, पत्रकारहरु लगायत इशाइ समुदायको उपस्तिथि रहेको थियो ।
कार्यक्रम इशाइ समुदाय रुन्टिगढी गाउँपालिका सचिव ओमराज घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सुरु भएको थियो । त्यस लगत्तै राष्ट्रिय गान र स्वर्गीय रुन्टिगढी ४ का वडा अध्यक्ष टंक बहादुर पुनको स्वागत कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा रुन्टिगढी नेकपा एमालेका अध्यक्ष ओमराज बस्नेत, नेकपा माओवादीका प्रतिनिधि देवेन्द्र बि.क, नेपाली काग्रेंसका प्रतिनिधि देवेन्द्र बोहोरा, कार्यपालिका सदस्य एवम इसाई समुदाय रुन्टिगढी पुर्व अध्यक्ष गिरिराज बि.क, रुन्टिगढी वडा न.९ का वडा अध्यक्ष चेतलाल खत्री, रुन्टिगढी ४ का वडा सदस्य एवम का.वा अध्यक्ष भुवन पुन, रुन्टिगढी वडा न. २ का अध्यक्ष भिउलाल घर्ती, रुन्टिगढी वडा न.१ का अध्यक्ष थम बहादुर घर्ती, इसाई समुदाय रोल्पा जिल्ला अध्यक्ष सागर घर्ती, रुन्टिगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डागी, गाउँपालिका अध्यक्ष जनक पुन ले मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपस्थिति जनप्रतिनिधिहरुले बिगतका दिनहरु भन्दा अहिले इसाई समुदायलाई हेर्ने दृष्टिकोण सहज भएको बताउदै इसाई समुदायलाई स्थानीय सरकारले सहयोग गर्न प्रतिवद्द रहेको बताए । त्यस्तै अन्य पार्टीका प्रतिनिधिहरुले पनि बिगतका दिनमा रुन्टिगढि सरकारले इशाइ समुदायलाई सहयोग गर्दै आएको र अबका दिनमा पनि गर्नुपर्ने बताए ।
त्यस प्रश्वात कार्यक्रमको समापन गर्दै इशाइ समुदाय रुन्टिगढी अध्यक्ष भुपमनी पुनले कार्यक्रममा उपस्थिति प्रमुख अतिथि, बिशिस्ट अतिथि, अतिथि, पत्रकार र सम्पुर्ण इशाइ समुदाय रुन्टिगढी परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम इशाइ समुदायका हरि बि.कले संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस