कपुरकोट गाउँपालिका पाचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन ।


कपुरकोट गाउँपालिकामा पाचौं राष्ट्रपतीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उद्घाटन भएको छ ।

कपुरकोट गाउँपालिका वडा न .  ६ छायानाथ सल्यानको श्री भवानि मा।वि को प्रागणमा शुक्रबार उद्घाटन भएको हो । स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका खेलकुद  भन्ने मुलनाराका साथ कपुरकोट गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन तथा व्यवस्थापन निर्देशक समिति संयोजक सेयर बहादुर पुन को सभाअध्यक्षतामा एवं गाउँपालिका पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० कपुरकोट गाउँपालिकाको खेलकुद विकास समिति सल्यानको आयोजनामा मिति २०८० मङ्सिर २२ गते देखि २५ गते सम्म सञ्चालन हुने प्रतियोगिता कार्यक्रम उद्घाटनमा प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वाला , बिशिष्ट अतिथि कपुरकोट गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघ केन्द्रिय सदस्य दुर्गा ब पुन रहनु भएको थियो ।

अन्य अतिथिहरुमा कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी , प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलि , कपुरकोट गाउँपालिका संस्थापक अध्यक्ष भिम ब। सेन , कपुरकोट गाउँपालिका संस्थापक उपाध्यक्ष तिला बुढा मगर , कपुरकोट गाउँपालिका ६ वडाका वडा अध्यक्षहरु , राजनैतिक दलका प्रतिनिधिहरु लगाएत पत्रकार , प्रहरी , शिक्षक शिक्षिका , खेलाडि बिद्यार्थी , अभिभावक , खेल प्रेमि , बुद्दिजिवि , सरकारि तथा गएर सरकारि संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थिति थियोे।

कार्यक्रम उद्घाटन प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वाला ले दिपप्रजोलन गरि उद्घाटन गर्नुभएको हो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै वडा न. ६ का अध्यक्ष श्याम कृष्ण बोहरा ले राज्यले लगानि गरेर खेलाडि उत्पादन गर्छ तर त्यो खेलाडि पछि गएर यो देशमा अटाउन नसक्ने प्रस्तिथि रहेको र अन्ततः ति खेलाडिहरु विदेशिने अवस्था रहेको बताउदै यस्तो अवस्थालाई राज्यले अन्त्य गरि यहि राज्यका लागि केहि गर्ने बनाइ यहि देशमा बस्ने बाताबरण गराउनुपर्ने समेत बताउनु भयो ।

त्यस्तै कपुरकोट गाउँपालिका संस्थापक उपाध्यक्ष तिला बुढा मगरले विगतका बर्षहरुमा यस्ता खेलकुद कार्यक्रमहरुमा केहि विवाद हुनेगरेको बताउदै यो पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शान्त र मर्यादित तरिकाले सम्पन्न गर्न आग्रह गर्नुभयो ।

प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वाला ले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै उहाँले कपुरकोट गाउँपालिका एउटा नमुना गाउँपालिका भएको बताउदै कपुरकोट गाउँपालिका लाई नमुना गाउँपालिका बनाउनु पर्ने र उत्पादनका हिसाबले पनि नमुना गाउँपालिका भएकाले बिकाश र समृद्धिको दृष्टिले पनि देशकै नमुना गाउँपालिका बनाउनुपर्ने बताउदै गाउँपालिकालाई समृद्ध बनाउन आफ्नो पुर्ण सहयोग रहने बताउनु भयो । सल्यानकै जिल्ला कै खेलाडि अविसेक भण्डारी लाई स्मरण गर्दै ज्वाल ले उनिहरु जस्ता राष्ट्रिय , अन्तरास्ट्रिय स्ट्रार खेलाडिहरुबाट शिक्षा लिएर राष्ट्रिय , अन्तरास्ट्रिय रुपमा खेल्ने गरि खेल्न सहभागी खेलाडिहरुलाइ अनुरोध गर्नुभयो । साथै खेलाडिहरुमा अनिवार्य रहेको बताउदै सधै अनुशासित व्यक्तिले मात्र कुनैपनि क्षेत्रमा सफलता पाउने र अनुशासित हिन व्यक्ति जहाँ पनि असफल हुन्छ र अनिवार्य हुने बताउनु भयो ।

२३ मंसिर २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको