नेकपा गंगादेव गाउँसमितिको राजनैतिक प्रशिक्षण सम्पन्न


भदौ २३, रोल्पा । नेपाल कम्युनिस्ट पार्टी गंगादेव गाउँसमितिको राजनैतिक तथा बैचारिक पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपाका केन्द्रिय नेता तथा राप्ति ब्युरो इन्चार्ज सबिन सीको प्रमुख आतिथ्यमा आज शनिबार सम्पन्न भएको जनाइएको छ ।

केन्द्रिय बैठकले तर्जुमा गरेको दोस्रो ६ महिने आवधिक योजना सम्प्रेसनका लागि पार्टी सदस्य स्तरीय प्रशिक्षण भएको नेकपा गंगादेवले जनाएको छ । अमेरिकी एमसीसी योजना राष्ट्रघात भएको हुँदा नेपालमा कार्यन्वयन हुन नदिन नेकपाले संघर्षका कार्यक्रमहरु तय गरेको ब्युरो इन्चार्ज सबिन सीले बताउनु भयो । यसकै आधारमा समाजबादी मोर्चा गठन भएको जिकिरसमेत गर्नु भयो ।

पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्दै, नेपालमा दलाल व्यबस्थाको बिरुद्द लड्ने एकमात्र पार्टी नेकपा भएको दावी गर्नु भयो । कम्युनिस्टहरुको एकताको बिषय पनि नेपाली विशेषता सहितको समाजबादका लागि केन्द्रीय हुनेमा जोड दिनुभयो ।

पार्टीलाई आत्मनिर्भर बनाउन, नेकपाले अबको ३ बर्ष भित्र चन्दा उठाएर पार्टी चलाउने विधिको अन्त्य गरेर आत्मनिर्भरका लागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई सामूहिक उत्पादनमा जोडिन निर्देसन गर्नु भयो थियो ।

नेकपा गंगादेव गाउँसमितिका इन्चार्ज किरण सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्य अतिथिहरु नेकपा केन्द्रिय प्रतिनिधि सदस्य बिस्व सी, पश्चिम रोल्पा जिल्लाका सेक्रेटरी सन्दिप सी, लगायत जिल्ला समिति सदस्यहरु र पार्दी सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेकपाका केन्द्रिय प्रतिनिधि बिश्व सीले ब्युरोले तयगरेका नीति तथा कार्यक्रम सम्प्रेसन गर्नु भएको थियो भने जिल्ला सेक्रेटरी सन्दिप सीले जिल्लाको तेस्रो पूर्ण बैठकले लिएका निर्णयहरु सम्प्रेसन गर्नु भएको थियो ।

कार्यक्रमलाई गाउँसमिति सेक्रेटरी जय प्रकाश घर्ती पिस्तुल सीले सहजीकरण गर्नु भएको थियो । जिल्ला सचिवालय सदस्य डिल्ली रमण वलीले स्वागत मन्तब्य दिनु भएको थियो ।

नेकपाका नेता तथा कार्यकर्ताहरु प्रशिक्षण हुनुपूर्व श्री सिद्धार्थ नमुना मावि घोप्टेओढार, गंगादेव -३ रोल्पाको करेसाबारीमा तरकारी रोपणका लागि अभिभावक संगै श्रमदानमा जोडिएका थिए । नेकपाका नेता तथा कार्यकर्ताहरु उत्पादनका लागि श्रममा सहभागी हुने नीति अन्तर्गत बिद्यालयको श्रमदानमा सहभागि भएका थिए ।

 

२३ भाद्र २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको