बिष्णु राना मगर/दुबई युएई
तिलोत्तमा नगरपालिका वडा नं. २० रुपन्देही निवासी सन्त थापा मगरको युएईमा दाहसंस्कार गरिएको छ । वैदेशिक रोजगारको शिलशिलामा युएईमा कार्यरत रहदै आएका थापा अकस्मात निधन भएको थियो ।
मृतक थापाको पार्थिव शरीर नेपाल लैजानको लागि केही समस्या भएको कारणले मृतकका परिवारद्वारा युएई मै दाहसंस्कार गरिदिन अनुरोध गरेकाले युएईमै अन्तिम दाहसंस्कार गरिएको हो ।
नेपाली दूतावास, नेपाली समाज युएई, नेपाल मगर संघ शाखा युएई र रुपन्देही सेवा समाज युएईको संयुक्त पहल तथा सहयोगमा अगस्ट ८ तारिखको दिन अन्तिम दाहसंस्कार गरिएको हो ।
युएईको जाबेलअलि स्थित समाधी स्थलमा नेपाली दूतावासका कन्सुलर, नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल, नेपाल मगर संघ शाखा युएईका प्रमुख संरक्षक टंक थापा मगर, रुपन्देही सेवा समाज युएईका उप संरक्षक धर्म भट्टराई अन्य पदाधिकारीहरु साथमा मृतकका आफन्तहरुको उपस्थितिमा उनको अन्तिम दाहसंस्कार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस