परिवर्तन गाउँपालिका ६ को खेलकुद विकास समितिले गर्यो खेलाडीहरुलाई सम्मान


बैशाख २६, रोल्पा । परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा परिवर्तन गाउँपालिका वडा नं.६ वडाबाट सहभागी भएर स्थान लिने खेलाडीहरुलाई सम्मान गरिएको छ।

परिवर्तन गाउँपालिका वडा नं.६ खेलकुद विकास समितिको आयोजनामा आइतबार विभिन्न बिधा तर्फको खेलमा सहभागी भइ परिवर्तन गाउँपालिका वडा नं.६ बाट प्रतिनिधित्व गरी १ स्वर्ण, १ रजत र ५ कास्य गरि जम्मा ७ पदक प्राप्त गरि छैठौं भएर सय परिवर्तन गाउँपालिका वडा नं.६ को शिर उच्च बनाउन सहयोग गरेको भन्दै सुकिदह युवा क्लबले खेलाडीहरुलाई सम्मान पत्र सहित सम्मान गरेको हो।

सुकिदह युवा क्लबका अध्यक्ष तथा खेलकुद विकास समिती परिवर्तन गाउँपालिका-६ का अध्यक्ष गगण बुढा मगरको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा परिवर्तन गाउँपालिका-६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाका सचीव कर्ण बहादुर बुढा मगरको विशिष्ट आतिथ्यतामा पुरुष ५ हजार मिटर दौड प्रतियोगिताका प्रथम पूर्ण बहादुर बुढा मगर,महिला १ हजार ५ सय मिटर दौड प्रतियोगिताका दोस्रो नविना बुढा मगर,महिला ८ सय मिटर दौड प्रतियोगिताका तेस्रो कल्पना घर्ती मगर,पुरुष २ सय मिटर दौड प्रतियोगिताका तेस्रो पूर्ण बहादुर बुढा मगर,महिला २ सय मिटर दौड प्रतियोगिताका तेस्रो नौमाली घर्ती मगर,लमजम्प प्रतियोगिताका तेस्रो पवन बुढा मगर र ज्याबलिङ थ्रो प्रतियोगिताका तेस्रो रवि बुढा मगर लगायतलाई सम्मान पत्रले परिवर्तन गाउँपालिका-६ को वडा कार्यालय कोल्बोटमा सम्मान गरिएको बताइएको छ।

साथै सम्मान कार्यक्रममा परिवर्तन गाउँपालिका-६ का वडा सदस्य अर्जुन बुढा मगर,ओमसरा बुढा मगर,कल्पना परियार,नेपाली कांग्रेस परिवर्तन गाउँपालिका-६ का सभापती वीर बहादुर घर्ती मगर,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका-६ का अध्यक्ष भुपेन्द्र बुढा मगर,नाफे टोल विकास संस्थाका अध्यक्ष लुद्र बहादुर बुढा मगर,चाबाङ टोल विकास संस्थाका सचीव रविन बुढा मगर,आधारभूत स्वास्थ्य इकाईका समिता बुढा मगर,नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक पह बहादुर बुढा मगर,शिक्षिका निर्दोशी घर्ती मगर र परिवर्तन गाउँपालिका-६ का टिम कोर्च दिनेश बुढा मगर लगायतको आतिथ्यता रहेको थियो।कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका-६ का वडा सचीव हिरामणी रोका मगरले गरेका थिए।

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता १५ बैशाख देखि २० बैशाख सम्म सहिद स्मृति रङ्गशाला परिवर्तन गाउँपालिका-५ राङ्कोटको धामाचौरमा परिवर्तन गाउँपालिकाको समन्वय तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको थियो।

२६ बैशाख २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको