रोल्पामा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

फाइल तस्बिर

फागुन २५,रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनमा बुधबार बेलुका भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

सल्यानको कुमाख गाउँपालिका ६ का ३२ वर्षीय टोपलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचार गराइरहेका बिकको बिहीबार बिहान पौने १ बजे मृत्यु भएको हो ।

सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको उक्त ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीको जनाएको छ ।

दुर्घटनामा परि ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर र २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका वडा नं. ३ का २९ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय होलेरीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

२५ फाल्गुन २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको