मंसिर २२, रोल्पा । गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण बहादुर वली ‘बिपिन’ले विप्लव लगायतका नेताहरुको पक्राउ पुर्जीबारे न्यायालयको गलत हर्कत भएको बताएका छन् । गंगादेवको ४ नम्बर वडामा रहेको सरस्वती मावि म्वालेखलाको ४४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै वडाध्यक्ष विपिनले विप्लवको बचाऊ गर्दै, प्रचण्डलाई पहिले पक्राउ पुर्जी जारिगर्नु पर्ने बताएका हुन ।
विप्लवलाई पक्राउ पुर्जी जारि गर्ने न्यायालयले प्रचण्डलाई किन पक्राउ पुर्जी जारि गर्दैन ? उनले प्रश्न गरे । उनले भने त्यसो हो भने प्रधानमन्त्री प्रचन्डलाई प्रकाउ किन नगर्ने ?
वडाध्यक्ष कृष्णबहादुर वली ‘विपिन’ यहि गएको चुनावमा नेपाली काँग्रेसको तर्फबाट निर्बाचित जनप्रतिनिधि हुन । उनि आफ्ना जनताका लागि निडर भएर लड्ने व्यक्तिको रुपमा परिचित छन । यस अघि वडाको योजना बाँड्फाँड बिषयमा अध्यक्षसंग झगडा हुँदा जेल हिरासत भोगेर रिहाई भएका वडाध्यक्ष हुन ।
प्रतिक्रिया दिनुहोस