मगर संसार द्वारा १७१ औ सहयोग हस्तांतरण सम्पन्न


मगर संसार द्वारा १७१ औ सहयोग हस्तांतरण सम्पन्न भएको छ ।

मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगर को बिशेष पहलमा संकलित सहयोग रकम मगर संसार द्वारा हस्तांतरण गरेको छ।
मुखमा #क्यान्सर भई उपचार गर्न नपाएका #आर्थिक अवस्था कमजोर #पाल्पा रामपुर – ९ घर हाल #रूपनदेही जिल्ला तिलोत्तमा ९ #मंगलापुर बस्नु हुने ४३ बर्षीय #सन्तोष खङगाह मगरलाई संकलन भएको रु.२,१४,५७०/- रुपिया मगर संसार द्वारा हस्तांतरण गरेको जानकारी गर्दछौ ।

सहयोग रकम एक कार्यक्रम बीच मगर संसारका एडमिन सागर झेडी मगर, दिपु मगर,नेपाल मगर संघ तिलोत्तमा नगर समिति रूपनदेहीका अध्यक्ष लीला माया सूर्यबंशी मगर, महिला मगर संघ तिलोत्तमाका अध्यक्ष राधिका पुन मगर, सामाजसेवी ज्ञान ब.थापा मगर, मीडिया कर्मीको उपस्थितिमा बिरामीको घर मंगलापुर मै पुगी सो रक़म परिवारलाई हस्तांतरण गरीएको हो।

साथै बिरामी सन्तोष ज्यूको छोरीको 11 र 12 क्लासको पढाई खर्च मगर संसारले ब्यवस्थापन गरियको जानकारी समेत गर्दछौ।

सहयोग रकम कोरिया,UK, क्यानदा,हङकङ,दुबई,मलेशिया,साउदी, कतार लगायतबाट जम्मा भएको थियो।
अध्यक्ष /सहयोग अभियन्ता;- अनिल लामिछाने मगर
एवं समस्त मगर संसार एडमिन परिवार

२१ आश्विन २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको