असोज २१, रोल्पा । रोल्पामा कम्युनिस्टहरुको समाजबादी मोर्चाको गठन भएको छ। आज आइतबार गठन भएको मोर्चामा रोल्पाका ३ वटा पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी (माओबादी) केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेकपा समाजबादी पार्कोटी सहभागिता रहेको छ ।
उक्त मोर्चाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका जिल्ला संयोजक पुर्ण केसी रहनु भएको छ भने अन्य सदस्यहरु मौसम रोका (माओबादी केन्द्र), मनिराज (माओबादी केन्द्र), सन्दीप सी (नेकपा), टंक बुढा (समाजबादी) र पछी एकजना थप्नेगरी मोर्चा गठन भएको नेकपा केन्द्रिय सदस्य जेबी भण्डारी आक्रोसले बताउनु भयो ।
आजको बैठकका प्रमुख अतिथिमा जिल्ला समन्वय समितिको संयोजक सीता आचार्य र अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जे.बि. भण्डारी ‘आक्रोश सी’ रहनु भएको थियो ।
बैठकले कार्तिक १५ गते भित्र गाउँ र नगरपालिकामा समाजबादी मोर्चा गठनगरि सक्ने र मङ्सिर पहिलो साता सन्देश सभा गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस