माघ २५, रोल्पा । महान जनयुद्ध सुरुवात भएको दिन भनेर फाल्गुन १ गते रोल्पाको सुनछहरी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाको माघ २४ गते बुधबारका दिन भएको भएको १३ औं दिँउदे गाउँ सभा बाट उक्त निर्णय पारित गरेको गाँउपालिकाले जानकारी दिएको छ ।
साथै गाउँपालिकाले नेपालका प्रथम सहिद लखन थापाको स्मृतिमा फाल्गुन २ गते, चैते दशैको अवसरमा चैत्रको अष्टमी तिथिको दिन र भुमे पर्वको अवसरमा असार २ गतेका दिन समेत स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस