संसार द्वारा १६७ औ सहयोग प्रदान


संसार द्वारा १६७ औ सहयोग प्रदान गरेको छ ।

संकलित रकम रु.२८,८००/- रुपिया सहयोग हस्तांतरण

आर्थिक अवस्था कमजोर गुल्मी जिल्ला रुरुक्षेत्र २, ग्वादी लम्छका निवासी खुम बहादुर रेगामी मगरको नाती तथा झबिन्द्र रेगामी मगरको छोरा वर्ष १५ को ग्वादी मा. बि. ग्वादी गुल्मीमा कक्षा-८ मा अध्ययनरत् दुबै मृगौला पीडित मिसन रेगामी मगरको उपचारको लागि मगर संसारको पहलमा संकलित सहयोग रु.२८,८००/- रुपिया मगर संसारका एडमिन निरु मास्की राना मगर ज्यूको बाट बिरामिको आमालाई हस्तांतरण गरेको जानकारी दिनुभयको छ।
अध्यक्ष अनिल लामिछाने मगर ले दिनमै ५/७ जना पीडित बिरामी सहयोग गरी दिनु होस भनी inbox मा आउने गरेको बताउदै आज सम्म १६७ जनालाई करोड़ माथि सहयोग हस्तांतरण गरी सकेको समेत जानकारी दिनु भयो। सहयोग अपिल गर्ने हो सबै लाई सहयोग संकलन हुदैन ।स्व खुसीले गर्ने सहयोगमा जबरजस्ती गर्न पनि भयन सहयोगी मनहरु स्व खुसीले आऊनु हुन्छ। सहयोग फलना बिरामी लाई दिनुहोस भन्नुहुन्छ हामी त्यही बिरामी लाई सबै पैसा दिने गरेको जानकारी समेत दिनु भयो।साथै सबै बिरामिको लागि सहयोग नउठने र सहयोग दिन नसक्दा भने बिरामीको आफन्तिले केहि गुनासो समेत गर्ने जानकारी दिनु भयो।

आर्थिक सहयोग पठाउनु हुने सहयोगीहरु निम्न छन :-

१)अमर दर्लामी मगर – बुटवल हाल कोरिया कोरियन 30,000/- वोन

२)जोकेन्द्र पुन मगर पश्चिम रुकुम हाल अमेरिका रु.१०,०००/-

३)चोचङ्गी पुन मगर पर्वत जिल्ला जलजला ६ हाल हङकङ रु. ७,०००/-

४) झरन राना मगर कालीगण्डकी १ स्यङ्जा हाल कोरिया 20,000/- वोन

५) भूपेन सारू मगर- गुल्मी रु.२,५००/-

६)अमर श्रीस मगर – शंकरनगर १ बुटवल हाल जापान रु.४,२९८/-

टोटल सहयोग रु.२८,८००/-
बिरामीको स्वस्थ लाभको कामना सहित सहयोगी मनहरुमा मगर संसार हार्दिक आभार ब्यक्त गर्दछौ।

#अध्यक्ष अनिल लामिछाने मगर
मगर संसार एडमिन परिवार

२१ भाद्र २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको